logo

जापानको टकाटा कम्पनीेद्धारा टाट उल्टने घोषणा

    2080   पटक पढिएको

 १२ असार / अर्थ र व्यापार - कारका लागि सुरक्षित एयरब्याग बनाउने जापानी कम्पनी टकाटाले आफू टाट उल्टिएको घोषणा जापान र अमेरिकामा गरेको छ । सन्सारकै सबैभन्दा ठूलो एयरब्याक उत्पादन गर्ने कम्पनीले आर्थिक अवस्था कमजोर भएपछि टाट उल्टिएको घोषणा गरेको हो । 

टकाटा कानुनी र आर्थिक कारणले टाट उल्टिएको हो । अमेरिकी अटो पार्टस् सप्लायर ’कि सेफ्टी सिस्टम’ ले टकाटाको सन्सारभरीको सम्पति तथा सञ्चालनका लागि एक अर्ब ५९ करोड डलर सहायतमा सम्झौता गर्न कुराकानी भने भइरहेको छ ।

पछिल्ला केही बर्षहरुमा टकाटाको एयर ब्यागको गुणस्तरमा निरन्तर प्रश्न उठिरहेको थियो । खराव उत्पादनका कारण १८० जना घाइते तथा १७ जनाको मृत्यु नै भएको थियो । यही कारण केही कम्पनीहरुले उसलाई सामान फिर्ता लैजान भनिरहेका थिए । यसो हुँदा उसले बजार बाट १० अर्ब डलरको सामान फिर्ता लैजानु पर्ने थियो ।

 टकाटामाथि अमेरिका र क्यानडाका अदालतहरुमा मुद्दा पनि चलिरहेको छ । सन् २००७ मा पहिलो पल्ट बजार पुगेको एयरब्याग फिर्ता गर्नु परेको थियो । त्यसयता अमेरिकाबाट मात्र ७ करोड वटा एयर ब्याग फिर्ता भएका छन् । १० करोडभन्दा वढि कारहरुमा  टकाटाका एयर ब्यागहरु गुणस्तरहिन भेटिएको छ । यसका लागि उसले अमेरिकालाई मात्रै पटक पटक क्षतिपुर्ति तिर्दै आएको थियो । टोकियो स्टक एक्सचेञ्जमा टकाटाका सेयर कारोबार पनि बन्द गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।