logo

स्विस बैंकमा बेलायतीको सबैभन्दा धेरै धन संचित, नेपालीको कति छ ?

    2117   पटक पढिएको

१७ आषाढ/अर्थ र व्यापार– रकम संचयका लागि सेफ हेभन मानिने स्वीजरल्याण्डका बैंकहरुमा सबैभन्दा धेरै रकम बेलायती नागरिकहरुले जम्मा गरेका छन् । स्वीजरल्याण्डका बैंकहरुमा बिदेशी नागरिकका मात्रै १.४६ खर्ब स्विस फ्रयाङ रहेको स्वीजरल्याण्डको केन्द्रीय बैंकले तथ्यांक सार्वजनिक गरेको छ । यो रकम अघिल्लो वर्षभन्दा ३ प्रतिशतले बढी भएको बताइएको छ ।
पहिलो नम्बरमा रहेको बेलायतको मात्रै ४०३ अर्ब स्विस फ्रयाङ्क अर्थात कुल रकमको २७ प्रतिशत रकम रहेको तथ्यांक छ । स्विस बैंकमा बेलायतीको रकम यसवर्ष १२ प्रतिशतले बढेको हो ।

यसैगरी अमेरिका दोस्रो नम्बरमा रहेको छ भने तेस्रोमा बेस्ट इन्डिज, चौथोमा फ्रान्स र हङ्कङ पाँचौं नम्बरमा छ । यसैगरी छैठौंमा बहामास, सातौंमा जर्मनी, आठौंमा गुयर्नसेइ, नवौमा लग्जम्बर्ग र दशौंमा केम्यान आइल्याण्ड रहेका छन् ।

नेपाल सूचीको ११२औं नम्बरमा नेपाल रहेको छ भने चीन २० औं नम्बरमा, पाकिस्तान ७२ औं स्थानमा, भारत ७३ औं नम्बरमा परेको छ । भारतीयहरुले जम्मा गर्ने रकम अघिल्लो बर्षको तुलनामा ५० प्रतिशतले बृद्धि भएको बताइएको छ । हाल भारतीयहरुको १.०१ अर्ब स्विस फ्रयाङ्क अर्थात  ७ हजार करोड भारु स्विस बैंकमा जम्मा रहेको तथ्यांकले देखाएको छ । बंगलादेश ९५ औं स्थानमा, श्रीलंका १०८ औं स्थानमा र भुटान २०३ औं स्थानमा रहेको तथ्यांकले देखाएको छ ।  

प्राइभेसी मेन्टेन गरी पैसा राख्न चाहनेहरुले बैंकको स्विजरल्याण्ड बाहेक अन्य देशमा शाखा नभएका बैंकहरुमा समेत राख्ने गर्छन्। विशेषगरी कालो धनलाई लुकाउन स्विजरल्याण्डका ति बैंकहरुको प्रयोग हुने गरेको आरोप समेत लाग्दै आएको छ।
मुख्य रुपमा विकासशील देशहरुबाट गोप्य रुपमा कालोधन स्विजरल्याण्डका बैंकहरुमा जम्मा हुने गरेको बिषयमा लामो समयदेखि बहस समेत चल्दै आएको छ। 

स्विजरल्याण्डमा बैंकहरुले आफ्नो ग्राहकसँग सम्बन्धित जानकारी अन्य कसैलाई पनि दिएमा अपराध मानिन्छ । तर आतंकबाद, भ्रष्टाचार वा कर छलीका घटनाहरुका कारण स्विजरल्याण्डका बैंकहरुले गैरकानुनी भएको आशंका लागेमा यस्ता खाताहरु बन्द गर्ने वा खोल्न बाध्य नहुने ब्यबस्था भने गरेको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।