logo

कतारमाथि लगाएको साढे तीन वर्ष लामो नाकाबन्दी हटाउने तयारीमा साउदी अरब

    2088   पटक पढिएको

२१ पुस/अर्थ र व्यापार– साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो नाकाबन्दी हटाउने तयारी गरेको छ ।

कतारले आतङ्कवादलाई समर्थन गरेका भन्दै साउदीसहित कतारका छिमेकी देशहरू यूएई, बहराइन, इजिप्टले कतारमाथि कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए ।

बीबीसीका अनुसार नाकाबन्दी खोल्ने विषयलाई लामो समयदेखि मध्यस्तता गर्दै आएको कुवेतले साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी दिएको जनाएको छ ।

मङ्गलबार साउदी अरबमा हुने गल्फ कोअपरेशन काउन्सिलको सम्मेलनअघि चालिएको यो कदमले कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि चलेको विवाद समाधान हुने संकेत देखिएको छ ।

सम्मेलनका लागि राजा सल्मानको निम्तामा कतारका आमिर तमिम बिन हमाद अल थानी सहभागी हुने भएको छ ।

कुवेती विदेशमन्त्री अहमद नासिर अल–सबाहले साढे तीन वर्ष लामो गतिरोध अन्त्य गरिदिने उक्त कदमको टेलिभिजनबाटै घोषणा गरेको समाचारमा जनाइएको छ ।

बीबीसीले सहमति गराउन अमेरिकी प्रशासनले धेरै देखिनेगरी भूमिका निर्वाह गरेको जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।