जेष्ठ १८- सिंगापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारी दर्ता खुल्ला गरिने भएको छ । उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउने दिनभन्दा अगाडि नै आफ्नो योग्यताबारे जानकारी दिनुपर्ने व्यवस्था गरिएको निर्वाचन विभागले जनाएको छ ।
वर्तमान राष्ट्रपति टोनी टान केङ यामको कार्यकाल यही अगस्ट ३१ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उनको कार्यकाल सकिएपछि सेप्टेम्बर १ देखि नयाँ राष्ट्रपतिले कार्यभार नसम्हाल्दासम्म कामचलाउ राष्ट्रपतिले जिम्मेवारी बहन गर्ने कानुनी व्यवस्था छ । गत नोभेम्बरमा गरिएको संविधान संशोधनअनुसार सिंगापुरको राष्ट्रपतिका लागि मलाय उम्मेदवारले पनि उम्मेदवारी दिन पाउनेछन् ।
तपाईको प्रतिक्रिया