१७ मंसिर/ अर्थ र व्यापार - विश्वकै सबैभन्दा बढी प्राकृतिक ग्यास निर्यात गर्ने देश कतारले तेल उत्पादक राष्ट्रहरुको समूह ओपेकबाट बाहिरिने निर्णय गरेको छ ।
कतारका उर्जामन्त्री साद अल काबीले सन् २०१९ देखि कतार ओपेकबाट बाहिरिने पुष्टि गरेका छन् । कतारले अब प्राकृतिक ग्यास उत्पादनमा विशेष ध्यान दिन तेल उत्पादकको संगठन छोड्न लागेको निर्णय गरेको उनले बताए । उनले भने ‘कतारले सन् २०१९ को जनवरीमा ओपेकको सदस्यता फिर्ता गर्ने निर्णय गरेको छ। हामीले ओपेकलाई यसबारे जानकारी दिइसकेका छौ ।’
आगामी ६ डिसेम्बरमा हुन लागेको ओपेक देशहरुको बैठक अघि कतारले यति ठूलो निर्णय गरेको हो । कतार ओपेक स्थापना भएको एक वर्षपछि सन् १९६१ मा ओपेकको सदस्य बनेको थियो। ओपेकबाट बाहिरिने कतार पहिलो सदस्य देश बनेको छ ।
साउदी, अरब, यूएइ, बहराइन तथा इजिप्ट जस्ता छिमेकी देशहरुसँग कतारको कुटनीतिक सम्बन्ध लगातार बिग्रिरहेको छ । ति देशहरुले कतारसँग ब्यापारिक तथा अन्य सम्बन्ध तोडेका छन्।
यस्तो अवस्थामा कतारले कच्चा तेलको उत्पादन जारी नै राख्ने तर प्राकृतिक ग्यास उत्पादनमा धेरै ध्यान दिने बताएको छ ।
तपाईको प्रतिक्रिया