logo

ओपेकले तेलको उत्पादनमा प्रतिदिन १२ लाख ब्यारेलका दरले कटौति गर्ने, तेलको मूल्य बृद्धि हुने सम्भावना

    908   पटक पढिएको

२३ मंसिर/ अर्थ र व्यापार - रूससहित तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का सदस्य राष्ट्रहरूबीच हाल उत्पादन गर्दै आएको तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने शुक्रबार सहमति भएको छ । जसबाट उनीहरूलाई तेलको मूल्यमा आएको गिरावटबाट केही राहत मिल्नेछ । तर सहमतिका कारण तेलको मूल्यमा हुने वृद्धिले उपभोक्ताहरूमाथि थप आर्थिक भार पर्ने सम्भावना देखिएको छ । ओपेक सदस्य राष्ट्रका इन्धन मन्त्रीहरूको ओपेक मुख्यालय भियनामा बिहीबार र शुक्रबार बसेको बैठकमा उनीहरूले उत्पादन गर्दै आएको कच्चा तेलको परिमाणलाई आगामी जनवरी १ देखि कटौती गर्न सहमत बनेका हुन् । तर यसले तेलको मूल्यमा तत्काल राहत आएको उनीहरूले बताएका छन् ।

ओपेक समूह राष्ट्रहरूले सहमतिपछि तेल उत्पादनमा प्रतिदिन आठ लाख ब्यारेल कटौती गर्नेछन् भने ओपेकका सदस्य नरहेका राष्ट्रहरूले चार लाख ब्यारेल कम तेल उत्पादन गर्नेछन्, संयुक्त अरब इमिरेट्स (यूएई) का इन्धनमन्त्री सुहाइल अल–मजरौइले शनिबार एक प्रेस सम्मेलन गरी जानकारी गराए ।विश्वको तेल उत्पादनको झण्डै आधा बजार ओगटेका ओपेक र यसका साझेदार राष्ट्रहरूले विगत दुई महिनामा कच्चा तेलको मूल्यमा ३० प्रतिशतभन्दा बढी गिरावट आएपछि यसबाट राहत पाउनका लागि उक्त सहमति गरेको बताएका छन् । विशेष कारणले सहमति भेनेजुयला, लिविया, इरानका लागि बाध्यकारी नहुने मजरौइले बताए । भेनेजुयला र इरानमाथि अमेरिकी प्रतिबन्ध लगाइएको र लिबियामा निरन्तरको द्वन्द्वका कारण उत्पादनमा निरन्तरता नभएकाले उनीहरूमाथि सहमति बाध्यकारी नहुने बताइएको छ ।


कच्चा तेलको मूल्यमा यूरोपेली मापदण्ड अनुसार शुक्रबार प्रति ब्यारेल ६२.७ डलरबाट ४.४३ प्रतिशतले वृद्धि भएको देखिएको छ । यद्यपि यो सन्तोषप्रद भने अझै नभएको ओपेक सदस्य राष्ट्रहरूको भनाई रहेको छ । रूसी मन्त्री नोभाकको पहलमा इरानी तेल मन्त्री विजान नाम्दार जान्गानेहसहितका ओपेक सदस्य राष्ट्रका अधिकारीसँग भएको द्विपक्षीय वार्ता र छलपल छलफलपछि भएको पूर्ण बैठकबाट तेलको कटौति गर्ने कुरामा सहमत भएको हो ।ओपेकको मुख्य हस्ती साउदी अरबले सहमतिलाई लिएर संयुक्त राज्य अमेरिकाको दबाब सहनुपर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक ट्वीटर सन्देशमार्फत ओपेक संगठनले तेल निर्यातको वर्तमान परिणामलाई बढाउनुपर्ने र विश्व अर्थतन्त्रलाई सहयोग गर्नुपर्ने माग गरे । साउदी अरबको कुटनीतिक अवस्थामा साउदी पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणका कारण निकै कमजोर बनेको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले खसोग्गी प्रकरणमा केही समस्या देखिएपनि अमेरिका रियादको पक्षमा उभिने तर तेलको उत्पादनलाई बढाउनेमा साउदी अरबसँग छलफल गर्ने बताए । शुक्रबारको पत्रकार सम्मेलनमा साउदी इन्धनमन्त्री खालिद अल–फालिहलाई सहमतिमा ट्रम्पको प्रभाव पर्न नदिन आग्रह गरिएको थियो । 

यसैगरी भारतले पनि तेलको उच्च मूल्यलाई घटाउने गरी अघि बढ्न ओपेक सदस्य राष्ट्रहरूसँग आग्रह गरेको छ । गत जुनमा ओपेक तथा यसका सहयात्रीले साउदी अरबलाई तेलको उत्पादन बढाउन सहमति दिएको थियो भने इरानमाथि लगाइएको नाकाबन्दीका कारण बजारमा माग भएको तेलको परिणाममा पर्नसक्ने समस्याको समाधानका लागि रूसलाई  आग्रह गरिएको थियो । गत मे महिनामा अमेरिकाले आकस्मिक रूपमा इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने निर्णयका साथै कठोर आर्थिक तथा राजनीतिक प्रतिबन्धको घोषणा गरेपछि तेलको उत्पादन र आपूर्तिमा सन्तुलन गर्न कठिनाई देखिएको छ । तर अमेरिकाले चीन लगायतका केही मुलुकमा इरानी तेल आयात गर्न अस्थायी छुट रहेको थियो ।

अमेरिकाले तेल निर्यातमा अहम् भूमिका रहने मुलुक इरानमा नाकावन्दीको घोषणा गरेपछि तेलको मूल्यमा वृद्धि भएको हो । यसको प्रभाव एसियाली राष्ट्रहरूमा निरन्तर तर निम्नदरमा इन्धनजन्य सामग्रीमा मूल्य वृद्धि भएको देखिएको छ 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।