logo

२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, ठूला भवनहरुमा क्षति

छिमेकी देश जापानमा सुनामीको चेतावनी

    924   पटक पढिएको

 

२१ चैत/अर्थ र व्यापार – २५ वर्षपछि बुधबार बिहान ताइवानमा शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पका कारण ठूला भवनहरुमा क्षति पुगेको छ भने पहाडहरुमा पहिरो गएको छ । ताइवानमा गएको विनासकारी भूकम्पबाट धेरै भवनहरु भत्किएका छन् । अहिलेसम्म सो भूकम्पमा परि के कति मानिसहरु हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्ट अनुसार केही मान्छेको मृत्यु भएको छ भने ५० हजार जनाभन्दा बढी घाइते भएका छन् ।
त्यहाँको स्थानीय न्युज एजेन्सिहरु र सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो तथा भिडियोहरुमा ठुला ठुला बहुतले भवनहरु समेत भत्किएको छ । यसैगरी, पहाडी इलाकामा पहिरो गएको देखिन्छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ भूकम्पको सामाचार प्रकाशित गरिरहेका छन् ।
बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।
स्थानीयलाई करिब एक सातासम्म यस्तै खालका पराकम्पहरु एवं भूकम्पको झड्का आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ । सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली भूकम्पको धक्काका कारण भत्किएको अनुमान गरिएको छ ।
भूकम्प गएलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो । ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै उच्च सतर्कता अपनाउन भनिएको छ ।
यसैगरी, फिलिपिन्सको भूकम्प मापन निकायले पनि जापानका केही भागमा सूनामीको चेतावी जारी गरेको छ । बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो ।
यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । बुधबार गएको शक्तिशाली भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन् । ती भवनहरु कोल्टे परेको देखिन्छ । पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ ।
ताइवानको स्थानीय न्युज एजेन्सीहरुले भत्किएका आवासीय भवन र विद्यालयहरुबाट मानिसहरुलाई उद्धार गरिरहेको भिडियो प्रसारण गरिरहेका छन् । स्थानीय प्रसारक टिभिबिएसले गाडीहरुमा पनि क्षति पुगेको र पसलभित्रका सामानहरु छरपस्ट भएको फोटो भिडियो प्रसारण गरिरहेको छ । मानिसहरु खुला स्थानमा गएर बसेको पनि देखिन्छ ।
ताइवानका मिडियाहरुका अनुवार भूकम्पले बिजुलीका तार र पावर प्लान्टमा क्षति पुगेको छ । त्यसैले ताइवानका ९१ हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । ताइवान केन्द्रविन्दु भएको भूकम्पबाट जापानको ओकिनावा प्रान्तमा पनि क्षति पुगेको छ । त्यहाँका सडकहरु भासिएका छन् । ओकिनावामा आउ–जाउ गर्ने हवाई उडानहरु स्थगित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।