logo

२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, ठूला भवनहरुमा क्षति

छिमेकी देश जापानमा सुनामीको चेतावनी

    801   पटक पढिएको

 

२१ चैत/अर्थ र व्यापार – २५ वर्षपछि बुधबार बिहान ताइवानमा शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पका कारण ठूला भवनहरुमा क्षति पुगेको छ भने पहाडहरुमा पहिरो गएको छ । ताइवानमा गएको विनासकारी भूकम्पबाट धेरै भवनहरु भत्किएका छन् । अहिलेसम्म सो भूकम्पमा परि के कति मानिसहरु हताहती भए भन्ने विवरण आउन बाँकी छ । प्रारम्भिक रिपोर्ट अनुसार केही मान्छेको मृत्यु भएको छ भने ५० हजार जनाभन्दा बढी घाइते भएका छन् ।
त्यहाँको स्थानीय न्युज एजेन्सिहरु र सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो तथा भिडियोहरुमा ठुला ठुला बहुतले भवनहरु समेत भत्किएको छ । यसैगरी, पहाडी इलाकामा पहिरो गएको देखिन्छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ भूकम्पको सामाचार प्रकाशित गरिरहेका छन् ।
बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।
स्थानीयलाई करिब एक सातासम्म यस्तै खालका पराकम्पहरु एवं भूकम्पको झड्का आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ । सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली भूकम्पको धक्काका कारण भत्किएको अनुमान गरिएको छ ।
भूकम्प गएलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो । ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै उच्च सतर्कता अपनाउन भनिएको छ ।
यसैगरी, फिलिपिन्सको भूकम्प मापन निकायले पनि जापानका केही भागमा सूनामीको चेतावी जारी गरेको छ । बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो ।
यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो । त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो । बुधबार गएको शक्तिशाली भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन् । ती भवनहरु कोल्टे परेको देखिन्छ । पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ ।
ताइवानको स्थानीय न्युज एजेन्सीहरुले भत्किएका आवासीय भवन र विद्यालयहरुबाट मानिसहरुलाई उद्धार गरिरहेको भिडियो प्रसारण गरिरहेका छन् । स्थानीय प्रसारक टिभिबिएसले गाडीहरुमा पनि क्षति पुगेको र पसलभित्रका सामानहरु छरपस्ट भएको फोटो भिडियो प्रसारण गरिरहेको छ । मानिसहरु खुला स्थानमा गएर बसेको पनि देखिन्छ ।
ताइवानका मिडियाहरुका अनुवार भूकम्पले बिजुलीका तार र पावर प्लान्टमा क्षति पुगेको छ । त्यसैले ताइवानका ९१ हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ । ताइवान केन्द्रविन्दु भएको भूकम्पबाट जापानको ओकिनावा प्रान्तमा पनि क्षति पुगेको छ । त्यहाँका सडकहरु भासिएका छन् । ओकिनावामा आउ–जाउ गर्ने हवाई उडानहरु स्थगित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।