logo

यूएईमा ७५ वर्ष यताकै अत्यधिक वर्षा

सहर बजार जलमग्न, आर्थिक गतिविधि ठप्प

    609   पटक पढिएको

५ बैशाख/अर्थ र व्यापार – संयुक्त अरब इमिरेट्समा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। सन् १९९४ देखि वर्षाको डेटा संकलन सुरु गरिएदेखिकै अत्यधिक वर्षा रेकर्ड गरिएको हो।
वर्षाका कारण कयौं आर्थिक गतिविधिमा केन्द्रीत सहरहरु जलमग्न भएका छन्। दुबई ग्रीन र रेड मेट्रो लाइनले सेवा अवधि छोट्याएको छ। बस सेवा पनि प्रभावित भएको छ। अन्तर सहर बस सेवा पनि रोकिएको छ।
मानिसहरुलाई आवश्यक भएमात्रै बाहिर निस्कन भनिएको छ। राजधानी आबुधाबीसहित कयौं सहरमा ट्राफिक डाइभर्सन गरिएको छ। वर्षालाई मध्यनजर गर्दै सडकमा स्पिड लिमिट घटाइएको थियो। हाललाई फेरि स्पिड लिमिट सामान्य अवस्थामै फर्काइएको छ।

वर्षाका कारण विमानस्थल संचालनमा पनि अवरोध पुगेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले अनावश्यक रुपमा यात्रा नगर्न आह्वान नै गरेको छ। यूएईभर सयौं विमानहरु डाइभर्ट गरिएको छ भने कयौं विमान ‘डिले’ भएका छन्। दुबई इमिरेट्स एयरलाइनले यात्रुहरुको चेक–इन नै स्थगित गरेको छ।
वर्षाका कारण घर र ठूला भवनमा समेत क्षति पुगेको छ। बाढी कयौं घरभित्र पसेको छ भने कारहरु बगाएको छ। मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै यूएई सरकारले सतर्कता अपनाउन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।