logo

यूएईमा ७५ वर्ष यताकै अत्यधिक वर्षा

सहर बजार जलमग्न, आर्थिक गतिविधि ठप्प

    1188   पटक पढिएको

५ बैशाख/अर्थ र व्यापार – संयुक्त अरब इमिरेट्समा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। सन् १९९४ देखि वर्षाको डेटा संकलन सुरु गरिएदेखिकै अत्यधिक वर्षा रेकर्ड गरिएको हो।
वर्षाका कारण कयौं आर्थिक गतिविधिमा केन्द्रीत सहरहरु जलमग्न भएका छन्। दुबई ग्रीन र रेड मेट्रो लाइनले सेवा अवधि छोट्याएको छ। बस सेवा पनि प्रभावित भएको छ। अन्तर सहर बस सेवा पनि रोकिएको छ।
मानिसहरुलाई आवश्यक भएमात्रै बाहिर निस्कन भनिएको छ। राजधानी आबुधाबीसहित कयौं सहरमा ट्राफिक डाइभर्सन गरिएको छ। वर्षालाई मध्यनजर गर्दै सडकमा स्पिड लिमिट घटाइएको थियो। हाललाई फेरि स्पिड लिमिट सामान्य अवस्थामै फर्काइएको छ।

वर्षाका कारण विमानस्थल संचालनमा पनि अवरोध पुगेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलले अनावश्यक रुपमा यात्रा नगर्न आह्वान नै गरेको छ। यूएईभर सयौं विमानहरु डाइभर्ट गरिएको छ भने कयौं विमान ‘डिले’ भएका छन्। दुबई इमिरेट्स एयरलाइनले यात्रुहरुको चेक–इन नै स्थगित गरेको छ।
वर्षाका कारण घर र ठूला भवनमा समेत क्षति पुगेको छ। बाढी कयौं घरभित्र पसेको छ भने कारहरु बगाएको छ। मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै यूएई सरकारले सतर्कता अपनाउन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।