logo

भारतद्वारा शेयर स्वामित्व भएको कम्पनीबाट मात्रै विद्युत खरिद गर्ने व्यवस्था संशोधन गरिदैं

    1748   पटक पढिएको

८पुस /अर्थ र व्यापार  - भारतले विद्युत आयात–निर्यातसम्बन्धि निर्देशिका संशोधन गर्दै छिमेकी देशबाट विद्युत खरीद गर्न सकिने व्यवस्था गरेको छ । यसअघि भारतीय कम्पनी वा भारत सरकारको ५१ प्रतिशत शेयर स्वामित्व भएको कम्पनीबाट मात्रै विद्युत खरिद गर्न सकिने व्यवस्था संशोधन गर्दै भारत सरकारले विद्युत आयातसम्बन्धि व्यवस्थालाई केही खुकुलो बनाइएको हो ।

नयाँ निर्देशिकाअनुसार छिमेकी देश, ती देशले तोकेका कम्पनी वा विद्युत व्यापारसम्बन्धि संस्थाबाट भारत सरकारले विद्युत खरिद गर्न सक्नेछ । दुई देशको आपसरी समझदारीबाट पनि विद्युत खरिद गर्न सकिने निर्देशिकामा उल्लेख गरिएको छ ।  यो निर्देशिकामा भारतीय प्रसारण लाइनमार्फत छिमेकी देशमा उत्पादित विद्युत अर्को देशमा व्यापार गर्न पाउने पनि उल्लेख गरिएको छ ।

नयाँ निर्देशिकामा भारतीय र उसका छिमेकी देशका संस्थाबीच सीधा सम्झौताबाट पनि विद्युत खरिद गर्न सकिने पनि उल्लेख गरिएको छ । नयाँ निर्देशिकाले भारत र उसका छिमेकीबीच सहज विद्युत आपूर्ति एवं कारोबारका लागि बाटो खुलेको छ ।
यस्तै भारतीय जेनेरेसन कम्पनीले विद्युत निर्यात गर्न सकिने पनि निर्देशिकामा उल्लेख गरिएको छ । द्विपक्षीय समझदारीमा विद्युत निर्यात गर्न भने भारत सरकारले कुनै निकायलाई तोक्न सक्ने निर्देशिकामा भनिएको छ ।  भारतले दुई वर्षअघि ल्याएको निर्देशिकाले विद्युत व्यापार अवरुद्ध बनाएको भन्दै जलविद्युत क्षेत्रका लगानीकर्ताहरुले आलोचना गरेका थिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।