logo

भारतद्वारा शेयर स्वामित्व भएको कम्पनीबाट मात्रै विद्युत खरिद गर्ने व्यवस्था संशोधन गरिदैं

    1452   पटक पढिएको

८पुस /अर्थ र व्यापार  - भारतले विद्युत आयात–निर्यातसम्बन्धि निर्देशिका संशोधन गर्दै छिमेकी देशबाट विद्युत खरीद गर्न सकिने व्यवस्था गरेको छ । यसअघि भारतीय कम्पनी वा भारत सरकारको ५१ प्रतिशत शेयर स्वामित्व भएको कम्पनीबाट मात्रै विद्युत खरिद गर्न सकिने व्यवस्था संशोधन गर्दै भारत सरकारले विद्युत आयातसम्बन्धि व्यवस्थालाई केही खुकुलो बनाइएको हो ।

नयाँ निर्देशिकाअनुसार छिमेकी देश, ती देशले तोकेका कम्पनी वा विद्युत व्यापारसम्बन्धि संस्थाबाट भारत सरकारले विद्युत खरिद गर्न सक्नेछ । दुई देशको आपसरी समझदारीबाट पनि विद्युत खरिद गर्न सकिने निर्देशिकामा उल्लेख गरिएको छ ।  यो निर्देशिकामा भारतीय प्रसारण लाइनमार्फत छिमेकी देशमा उत्पादित विद्युत अर्को देशमा व्यापार गर्न पाउने पनि उल्लेख गरिएको छ ।

नयाँ निर्देशिकामा भारतीय र उसका छिमेकी देशका संस्थाबीच सीधा सम्झौताबाट पनि विद्युत खरिद गर्न सकिने पनि उल्लेख गरिएको छ । नयाँ निर्देशिकाले भारत र उसका छिमेकीबीच सहज विद्युत आपूर्ति एवं कारोबारका लागि बाटो खुलेको छ ।
यस्तै भारतीय जेनेरेसन कम्पनीले विद्युत निर्यात गर्न सकिने पनि निर्देशिकामा उल्लेख गरिएको छ । द्विपक्षीय समझदारीमा विद्युत निर्यात गर्न भने भारत सरकारले कुनै निकायलाई तोक्न सक्ने निर्देशिकामा भनिएको छ ।  भारतले दुई वर्षअघि ल्याएको निर्देशिकाले विद्युत व्यापार अवरुद्ध बनाएको भन्दै जलविद्युत क्षेत्रका लगानीकर्ताहरुले आलोचना गरेका थिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।