logo

मानव सिर्जित अवरोधहरूलाई हटाए मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने

    1546   पटक पढिएको

२४ मंसिर/ अर्थ र व्यापार  - पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै कम अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ, “यदि दुई छिमेकीले मानव सिर्जित अवरोधहरूलाई हटाउने हो भने मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने देखिन्छ, जुन वर्तमान् अवस्थामा झण्डै दुई अर्बको हाराहारीमा छ ।” 

गत बुधबार सार्वजनिक प्रतिवेदन ‘दक्षिण एसियामा क्षेत्रीय व्यापारको प्रतिवद्धता’ मा बैंकले भनेको छ, सामान्य विवादहरूलाई थाँती राखेर दुई देशको व्यापारिक कारोबारलाई सहज बनाउँदा मात्रै कैयौँ गुणा कारोबार बढ्ने र यसबाट दुबै मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाब देखिने सम्भावना रहेको छ ।”बैंकले दक्षिण एसियामा अहिलेको तुलनामा पाकिस्तानले निकै धेरै कारोबार गर्नसक्ने बताएको पाकिस्तानी अङ्ग्रेजी दैनिक ‘डन’ पत्रिकाको अनलाइन प्रकाशनमा जनाएको छ । अहिलेको अवस्थामा पाकिस्तानको कारोबार पाँच अर्ब डलर मात्र रहेपनि यसलाई बढाएर ३९ अर्ब सात करोड अमेरिकी डलर पुयाउन सकिने विश्व बैंकको अनुमान रहेको डनले प्रतिवेदनलाई उद्धृत गरी उल्लेख गरेको छ ।

क्षेत्रीय व्यापार वृद्धिका दक्षिण एसियाली मुलुकबीच गैरकरमूलक अबरोधलाई हटाउनुपर्ने, जनताबीचको सम्बन्धलाई वृद्धि गर्ने, सडक सुधार गर्ने, हवाई मार्गले जोडिनुपर्ने र दक्षिण एसियाली मुलुकबीच स्वतन्त्र व्यापारको धारणा महत्वपूर्ण रहेको विश्व बैंकले जनाएको छ । प्रतिवेदन लेखनमा सहभागी प्रसिद्ध अर्थ्विद् सञ्जय कठुरियाले विश्व बैंकको कार्यालयमा सञ्चारकर्मीसँग बोल्दै भने, “व्यापार तथा व्यापारजन्य विश्वासलाई प्रोत्साहन गर्न आपसी विश्वास, एक अर्काबीचको निर्भरता र शान्तिको वातावरण निर्माण हुनुपर्ने देखिन्छ ।”

‘डन’ ले कठुरियालाई उद्धृत गर्दै थपेको छ, “करतारपूर करिडरलाई पाकिस्तान र भारतको सरकारले खोल्न सकेमा मात्रै पनि विश्वास घाटालाई कम गर्न सकिन्छ ।”पाकिस्तानको दक्षिण एसियाली मुलुकहरूमा निकै कम हवाई सम्बन्ध रहेको बताउँदै हवाई, जल तथा स्थल मार्गहरूको सम्बन्ध बिस्तार पाकिस्तानका लागि अनिवार्य भएको कठुरियाले बताए । पाकिस्तानको भारत र अफगानिस्तानसँग हप्तामा छ उडान हुन्छन् भने श्रीलङ्का र बङ्गलादेशसँग १०र१० वटा उडान हुने गर्छन् । त्यसैगरी नेपालसँग हप्तामा एउटामात्र उडानमात्र रहेको छ भने भूटान र मालदिभ्ससँग कुनै उडान रहेको छैन । भारतले सातामा श्रीलङ्कामा १४७ उडान भर्छ भने बङ्गलादेशमा ६७, मालदिभ्समा ३२, नेपालमा ७१, अफगानिस्तानसँग २२ र भूटानसँग २३ उडान भर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।