logo

अमेरिकाले प्रतिबन्ध नहटाए आफूले शान्तिको बाटो परिवर्तन गर्ने उत्तर कोरियाली नेता किम जोङको भनाई

    1427   पटक पढिएको

१८ पुस /अर्थ र व्यापार  - उत्तर कोरियाली नेता किम जोङ उनले यदि अमेरिकाले आफ्नो देशमा लगाएको आर्थिक प्रतिबन्ध नहटाए ‘नयाँ बाटो’ रोज्ने चेतावनी दिएका छन् । मंगलवार नयाँ वर्षको दिन देशको नाममा सम्बोधन गर्ने क्रममा उनले अमेरिकाले प्रतिबन्ध नहटाए आफूले शान्तिको बाटो परिवर्तन गर्ने बताएका हुन् ।

दुवै देशको सुरक्षा र हीतका लागि जरुरी भएको भन्दै टेलिभिजन कार्यक्रममा किमले भने, ‘यदि अमेरिकाले दुनियाँका अगाडि आफ्नो वचन (प्रतिबन्ध हटाउने) पूरा गर्दैन र उसले हामीमाथि दबाब दिइरहन्छ भने यस्तोमा हामीले अर्कै विकल्प रोज्नुपर्ने हुन्छ । देशको हीत र सम्प्रभुताका लागि यहीँ जरुरी रहेको छ ।’

अमेरिकाले आफूसँग गरेको प्रतिबद्धता पूरा नगरी एकपक्षीय रुपमा प्रतिबन्ध जारी राख्यो र उत्तर कोरियाले देखाएको धैर्यलाई गलत तरिकाले लियो भने चाँही देशको स्वतन्त्रता र हित एवम् कोरियाली प्रायद्विपमा शान्ति कायम गर्न आफूहरु समक्ष नयाँ बाटो खोज्ने विकल्प नभएको किमको भनाइ छ ।

गत १२ जुनमा ट्रम्प र किमबीच सिँगापुरमा पहिलो पटक भेटवार्ता भएको थियो । यस क्रममा उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने सहमति भएको थियो । दुवै नेताहरुबीच भएको भेटवार्तापछि उत्तर कोरियाले कुनै मिसाइल परीक्षण गरेन तर अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्धमा कुनै पनि प्रकारको राहत नदिएको बताइएको छ । त्यसपछि यस २०१९ को शुरुमा उनीहरुको बीचमा पुनः भेटवार्ता हुनसक्ने बताइएको थियो ।

किमले फेरी आफू राष्ट्रपति ट्म्पसँग भेटवार्ताका लागि तयार रहेको ताकि उत्कृष्ट भविष्यका लागि सही रणनीति बनाउन सकियोस् भनेका छन् । विश्लेषकहरुले भने उत्तर कोरियाले आफ्नो पहिलाको बाटो नै अपनाइसकेको र अमेरिका–उत्तर कोरिया सम्मेलनले यसअघिको बैठकमा जस्तै कुनै प्रगति भने नहुने बताएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।