logo

विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसद्वारा आफ्नी श्रीमती मैकेजी बेजोससँग डिभोर्स गर्ने घोषणा

    1881   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार - विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले आफ्नी श्रीमती मैकेजी बेजोससँग डिभोर्स गर्ने घोषणा गरेका छन् । धनीहरुको सम्पत्ति प्रकाशित गर्ने फोब्र्स म्यागेजिनको रियलटाइम सूचि अनुसार बेजोससँग १ खर्ब ३६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । जेफ र मैकेजीले ट्वीट गरेर आफुहरुले सम्बन्ध विच्छेद गर्न लागेको जानकारी दिएका थिए । यो डिबोर्ससँगै जेफको अमेजन कम्पनीमा भएको स्वामित्वमा भने असर पर्ने छ ।

अमेजनमा उनको १६ प्रतिशत सेयर स्वामित्व रहेको छ । वाशिंटन पोस्ट र ब्लू ओरिजनमा पनि उनको स्वामित्व रहेको छ । डिभोर्ससँग हुने सम्पत्ति बाडफाँडपछि विश्वमा धनी व्यक्तिको सूचिमा समेत परिवर्तन हुने छ । सिएनबिसीका अनुसार मैकेजीलाई ६८ अर्ब अमेरिकी डलर सम्पत्ति मिल्न सक्छ । यद्यपी कानूनी प्रक्रिया पुरा हुँदा यो रकम भने केही फरक भने पर्न सक्छ । योसँगै मैकेजी विश्वकै सबैभन्दा धनी महिला हुने छन् । जेफ बेजोसको विश्वकै धनी व्यक्तिको अग्रस्थान खोसिने छ । यसपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै धनी व्यक्ति बन्ने छन् ।

सन् २०१७ को अक्टुबरबाट जेफ बेजोसको सम्पत्ति गेट्सको भन्दा बढेको थियो । अमेजन कम्पनीको केन्द्रीय कार्यालय वासिटन डिसीमा छ । जहा बेजोस दम्पत्तीको घर समेत थियो । डिसीको पारिवारिक कानूनी सेवा उपलब्ध गराउने फर्म इरविनका अनुसार वासिटनमा डिभोर्सपछि सम्पत्ति बराबर बाड्ने नियम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।