logo

विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसद्वारा आफ्नी श्रीमती मैकेजी बेजोससँग डिभोर्स गर्ने घोषणा

    1608   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार - विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले आफ्नी श्रीमती मैकेजी बेजोससँग डिभोर्स गर्ने घोषणा गरेका छन् । धनीहरुको सम्पत्ति प्रकाशित गर्ने फोब्र्स म्यागेजिनको रियलटाइम सूचि अनुसार बेजोससँग १ खर्ब ३६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । जेफ र मैकेजीले ट्वीट गरेर आफुहरुले सम्बन्ध विच्छेद गर्न लागेको जानकारी दिएका थिए । यो डिबोर्ससँगै जेफको अमेजन कम्पनीमा भएको स्वामित्वमा भने असर पर्ने छ ।

अमेजनमा उनको १६ प्रतिशत सेयर स्वामित्व रहेको छ । वाशिंटन पोस्ट र ब्लू ओरिजनमा पनि उनको स्वामित्व रहेको छ । डिभोर्ससँग हुने सम्पत्ति बाडफाँडपछि विश्वमा धनी व्यक्तिको सूचिमा समेत परिवर्तन हुने छ । सिएनबिसीका अनुसार मैकेजीलाई ६८ अर्ब अमेरिकी डलर सम्पत्ति मिल्न सक्छ । यद्यपी कानूनी प्रक्रिया पुरा हुँदा यो रकम भने केही फरक भने पर्न सक्छ । योसँगै मैकेजी विश्वकै सबैभन्दा धनी महिला हुने छन् । जेफ बेजोसको विश्वकै धनी व्यक्तिको अग्रस्थान खोसिने छ । यसपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वकै धनी व्यक्ति बन्ने छन् ।

सन् २०१७ को अक्टुबरबाट जेफ बेजोसको सम्पत्ति गेट्सको भन्दा बढेको थियो । अमेजन कम्पनीको केन्द्रीय कार्यालय वासिटन डिसीमा छ । जहा बेजोस दम्पत्तीको घर समेत थियो । डिसीको पारिवारिक कानूनी सेवा उपलब्ध गराउने फर्म इरविनका अनुसार वासिटनमा डिभोर्सपछि सम्पत्ति बराबर बाड्ने नियम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।