logo

चीनको आर्थिक वृद्धिद्धर सन् २०१८ मा ६.६ प्रतिशत, २८ बर्षपछिको सबैभन्दा न्यून वृद्धिदर

    1339   पटक पढिएको

७ माघ /अर्थ र व्यापार - चीनको आर्थिक वृद्धिद्धर सन् २०१८ मा ६.६ प्रतिशत रहेको छ । विगत २८ बर्षपछिको अर्थात् यो सन् १९९० पछाडिको सबैभन्दा न्यून वृद्धिदर हो । सन् २०१७ मा चीनको आर्थिक वृद्धिदर ६.८ प्रतिशत रहेको थियो । नेशनल ब्यूरो अफ स्टाटिसटिक्स (एनबीएसं) ले चीनको आर्थिक वृद्धिदर सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।

चीनमाथि कर्जाको बोझ र अमेरिकाका साथ जारी व्यापार युद्ध चीनको आर्थिक वृद्धिदर कमजोर बन्नुको मुख्य कारण भएको बताइएको छ । एनबीएसका आयुक्त निंगका अनुसार, चीन यो समय वित्तिय जोखिम रोक्न, गरिबी हटाउन र प्रदूषण नियन्त्रण गर्नका लागि तीन महत्वपूर्ण मुद्दामा काम गरिरहेको छ । साथै चीन सरकारले अर्थव्यवस्थालाई कुनै पनि हालतामा तल झर्न नदिने बताइएको छ ।

गत बर्ष अमेरिकाका साथ चीनको व्यापार युद्ध अन्तराष्ट्रिय चर्चाको विषय बनेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने करिब आधा सामानमा करोडौँ डलर बराबरको शुल्क लगाएका थिए । त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमा शुल्क लगाएको थियो । यसरी एकपछि अर्काे गर्दे जाँदा उनीहरुले एकअर्काको सामानमा करोडौँको शुल्क लगाएका थिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।