logo

चीनसँग शक्ति प्रयोग गर्ने अधिकार रहेको भन्दै चीनियाँ राष्ट्रपति शी जिङपिङद्वारा  ताइवानलाई चेतावनी

    1423   पटक पढिएको

१९ पुस/ अर्थ र व्यापार - चीनियाँ राष्ट्रपति शी जिङपिङले ताइवानका मानिसहरुलाई ताइवानले ‘चीनसँग मिल्नैपर्ने र मिलेर छाड्ने’ भएकाले यो कुरालाई स्वीकार गर्नका लागि भनेका छन् । ताइवानका साथ सम्बन्धमा सुधार पहलको ४० बर्ष पूरा भएको अवसरका दिइएको भाषणमा शी जिङपिङले चीनले एक देश दुई प्रणाली भएको व्यवस्था अनुरुप शान्तिपूर्ण एकीकरण चाहेको बताए ।

उनले चीनसँग शक्ति प्रयोग गर्ने अधिकार रहेको भन्दै चेतावनी समेत दिए । यद्यपी ताइवान स्वयम् शासित र वास्तविक रुपमा स्वतन्त्र रहेको छ तर उसले आधिकारीक रुपमा कहिल्यै पनि आफू चीनबाट स्वतन्त्र रहेको कुरा घोषित गरेको छैन । ताइवानलाई चीनले आफ्नो छुट्टिएको भाग मान्दै आइरहेको छ । यस्तोमा शी जिङपिङको बयान चीनको तााइवानलाई आफूसँग मिलाउने पुरानो नीति अनुरुप नै रहेको बताइएको छ ।

जिङपिङले दुवै पक्ष एकै चीनियाँ परिवारको हिस्सा भएको र ताइवानी मानिसहरुले स्वतन्त्रताले केबल समस्या मात्र लिएर आउने कुरालाई बुझ्नुपर्ने बताएका छन् । उनले ताइवानी स्वतन्त्रतालाई बढावा दिने कुनै पनि गतिविधि चीनका लागि असह्य भएको भन्दै चेतावनी समेत दिएका छन् । यसका साथै उनले ताइवानसँगको सम्बन्ध चीनको घरेलु राजनीतिको हिस्सा भएको र यसमा विदेशी हस्तक्षेप सह्य नहुने बताएका छन् । ताइवानका राष्ट्रपति साई इंग वेंगले आफ्नो देश चीनको शर्तका आधारमा कहिल्यै पनि एकीकरणका लागि तयार नहुने बताएका छन् ।

जिङपिङको सम्बोधनको एक दिन पहिले ताइवानका राष्ट्रपतिले भनेका थिए कि, चीनले ताइवानको अस्तित्वलाई स्वीकार गर्नुपर्नेछ र मतभेदलाई समाधान गर्नका लागि शान्तिपूर्ण साधनको प्रयोग गर्नुपर्नेछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।