logo

चीनसँग शक्ति प्रयोग गर्ने अधिकार रहेको भन्दै चीनियाँ राष्ट्रपति शी जिङपिङद्वारा  ताइवानलाई चेतावनी

    1732   पटक पढिएको

१९ पुस/ अर्थ र व्यापार - चीनियाँ राष्ट्रपति शी जिङपिङले ताइवानका मानिसहरुलाई ताइवानले ‘चीनसँग मिल्नैपर्ने र मिलेर छाड्ने’ भएकाले यो कुरालाई स्वीकार गर्नका लागि भनेका छन् । ताइवानका साथ सम्बन्धमा सुधार पहलको ४० बर्ष पूरा भएको अवसरका दिइएको भाषणमा शी जिङपिङले चीनले एक देश दुई प्रणाली भएको व्यवस्था अनुरुप शान्तिपूर्ण एकीकरण चाहेको बताए ।

उनले चीनसँग शक्ति प्रयोग गर्ने अधिकार रहेको भन्दै चेतावनी समेत दिए । यद्यपी ताइवान स्वयम् शासित र वास्तविक रुपमा स्वतन्त्र रहेको छ तर उसले आधिकारीक रुपमा कहिल्यै पनि आफू चीनबाट स्वतन्त्र रहेको कुरा घोषित गरेको छैन । ताइवानलाई चीनले आफ्नो छुट्टिएको भाग मान्दै आइरहेको छ । यस्तोमा शी जिङपिङको बयान चीनको तााइवानलाई आफूसँग मिलाउने पुरानो नीति अनुरुप नै रहेको बताइएको छ ।

जिङपिङले दुवै पक्ष एकै चीनियाँ परिवारको हिस्सा भएको र ताइवानी मानिसहरुले स्वतन्त्रताले केबल समस्या मात्र लिएर आउने कुरालाई बुझ्नुपर्ने बताएका छन् । उनले ताइवानी स्वतन्त्रतालाई बढावा दिने कुनै पनि गतिविधि चीनका लागि असह्य भएको भन्दै चेतावनी समेत दिएका छन् । यसका साथै उनले ताइवानसँगको सम्बन्ध चीनको घरेलु राजनीतिको हिस्सा भएको र यसमा विदेशी हस्तक्षेप सह्य नहुने बताएका छन् । ताइवानका राष्ट्रपति साई इंग वेंगले आफ्नो देश चीनको शर्तका आधारमा कहिल्यै पनि एकीकरणका लागि तयार नहुने बताएका छन् ।

जिङपिङको सम्बोधनको एक दिन पहिले ताइवानका राष्ट्रपतिले भनेका थिए कि, चीनले ताइवानको अस्तित्वलाई स्वीकार गर्नुपर्नेछ र मतभेदलाई समाधान गर्नका लागि शान्तिपूर्ण साधनको प्रयोग गर्नुपर्नेछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।