logo

चौधरी ग्रुपको स्वामित्व रहेको युगान्डाको होटलको स्वामित्व आजदेखि परिवर्तन हुँदै, लिलामी प्रक्रियाले आज पूर्णता पाउने

    1518   पटक पढिएको

९ पुस /अर्थ र व्यापार - चौधरी ग्रुपको समेत स्वामित्व रहेको युगान्डाको होटल ग्रान्ड उबुम्वेको स्वामित्व आजदेखि परिवर्तन हुँदैछ ।  होटलका तीन साझेदारबीच उत्पन्न बिबादका कारण  ऋण उठाउनकालागि रुवाण्डाको केसिबी बैंकले होटल भवनको लिलामी गर्न लागेको हो । बैंकले लिलामी गरेपछि अब किगालीमा रहेको होटलको भब्य भवन नयाँ स्वामित्वमा जानेछ । एक महिना लामो बिवाद र लिलामी प्रक्रियाले आज पूर्णता पाएपछि कम्पनीले तिर्नबाँकी १ करोड ८० लाख डलर केसिबी रुवाण्डाले उठाउने निश्चित भएको छ । केसिबी बैंकले गत सेप्टेम्बरमा रुवाण्डा बिकास बोर्डलाई पत्र लेखी होटलले आफ्नो ऋण नतिर्ने अवस्था देखिएकाले उठाइदिन भनेको थियो ।

बैंकले होटलका साझेदारहरु ऋण तिर्न सक्षम रहेपनि आन्तरिक बिबाद मिलाउन नसक्दा आफ्नो ऋण उठाउनका लागि होटलको भवन लिलामी गर्न माग गरको थियो । तीन समूहको साझेदारीमा खुल्ने भनिएको यस होटलमा संचालन हुनु तीन महिना अघिदेखि नै विवाद सुरु भएको थियो । सिजी कर्पले जिंक ब्राण्ड अन्तर्गत होटल संचालन गर्ने सम्झौता भएपनि अन्य दुई साझेदारले होटल संचालनको तीन महिना अघि नै बहुपक्षीय सम्झौता तोडेको आरोप सिजीले लगाएको छ । गत वर्ष ग्लोबल होटल चेन हिल्टनले यस होटलको व्यवस्थापन लिने समाचार बाहिरिएपछि सिजी कर्प भड्किएको थियो ।

विववादपछि हिल्टन समूहले हेर्ने भनेको होटलको ब्यबस्थापनको काम पनि रोकिएको छ । होटललाई सन् २०१९ को पहिलो त्रैमासिकदेखि डबल ट्रि ब्राण्ड अन्तर्गत ब्यबस्थापन हुने भनिएको थियो । होटलमा रुवाण्डाका मुक्वानो समूहका अलिखान कारमाली, रुवाण्डाको निजी क्षेत्रका ब्यवसायीको महासंघका अध्यक्ष रोबर्ट बाफाकुलेरा तथा चौधरी ग्रुपको सिजी कर्प ग्लोबलका बिनोद चौधरीको स्वामित्व रहेको छ । तीन साझेदारबीच होटलको ब्यबस्थापनका बिषयमा मतभेद भएपछि होटलले बैंकलाई तिर्न बाँकी रकम उठाउन होटलको भवन लिलामी प्रक्रियामा गएको हो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।