logo
Monday, 2 June 2025, 8:07:40 am

‘सिंगल डे’मा अलिबाबाले बेच्यो २४ खर्बका सामान

    1647   पटक पढिएको

२५ कात्तिक / अर्थ र व्यापार - विश्वको सबैभन्दा ठूलोमध्येको एक अनलाइन सपिङको साइट चीनको अलिबाबाले सोमबार मात्रै २७ खर्ब रुपैयाँको व्यापार गरेको छ ।

अलिबाबाको सोमबार ‘सिंगल डे’को आधा दिनमा मात्रै भएको यो बिक्री ‘ब्ल्याक फ्राइडे’ र ‘साइबर मन्डे’मा भएको दुबै दिनको व्यापारभन्दा ठूलो हो ।

चीनमा ‘सिंगल डे’लाई ‘एन्टी भ्यालेनटाइन डे’का रुपमा मनाइन्छ । प्रेम सम्बन्धमा नहुनेहरुका लागि यो विशेष दिन हो । जसलाई नोभेम्बर ११ मा मनाइन्छ । यसका पछाडि एउटा कारण छ त्यो हो यो मितिमा चार वटा १ एकैसाथ हुनछन् ।

अलिबाबाले सन् २००९ देखि सिंगल डेका दिन सामानमा छुट समेत दिँदै आएको छ । जसमा २४ घण्टा नै अनलाइन सपिङ हुन्छ । गत वर्ष अलिबाबाले सिंगल डेमा ३० अर्ब रुपैयाँको व्यापार गरेको थियो ।

सिंगल डेको प्रि सेल्स तीन साता अघिदेखि नै सुरु भएको थियो । प्रि अर्डरमा मात्रै १ खर्ब रुपैयाँको अर्डर भएको थियो । अलिबाबाका अनुसार प्रयोगकर्ताले अलिबाबाको अनलाइन स्टोरबाट मात्रै १ खर्ब रुपैयाँको आइफोन ११ मात्रै अर्डर गरेका थिए ।

ओलिभर वाइमानके रिसर्चका अनुसार खरिदकर्ताले सन् २०१८ को तुलनामा सिंगल डेमा मात्रै १० प्रतिशत बढी खर्च गर्ने अनुमान गरिएको छ । अनुसन्धानको प्रतिवेदनमा उक्त वृद्धिदर कम भएको उल्लेख गरिएको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा सिंगल डेमा मात्रै २७ प्रतिशत वृद्धि देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।