logo

नेपालमा कोस्टारिकाको महावाणिज्य दूतावासको उद्घाटन, द्विपक्षीय व्यापार वृद्धि हुने अपेक्षा

    885   पटक पढिएको


७ चैत/अर्थ र व्यापार – नेपालमा कोस्टारिकाको अवैतनिक महावाणिज्य दूतावासको कार्यालयको उद्घाटन गरिएको छ । बुधबार कार्यालयको भारतका लागि कोस्टारिकाका कार्यवाहक राजदूत सोफिया सालासले उद्घाटन गरेकी हुन्।
उद्घाटनपछि ठमेलको गार्डेन अफ ड्रिम्समा सालास र कोस्टारिकाका अवैतनिक वाणिज्यदूत डा.मनिष थापाको उपस्थितिमा एक औपचारिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, सांसदहरु, व्यवसायीहरु, अवैतनिक महावाणिज्यदूतहरु र नेपालका लागि मान्यता प्राप्त कूटनीतिक निकायका सदस्यहरूको उपस्थिति रहेको थियो।
समारोहमा मन्त्री गिरीले अवैतनिक महावाणिज्यदूत डा. थापालाई बधाई सन्देश दिँदै यस नियुक्तिले नेपाल र कोस्टारिकाबीचको द्विपक्षीय व्यापार र लगानीमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले शान्ति र प्रकृतिको संरक्षणमा कोस्टारिका अग्रगामी रहेको र नेपाल जस्ता देशले यसबाट पाठ सिक्नुपर्ने बताए ।

भारतका लागि कोस्टारिकाका कार्यवाहक राजदूत सालासले नेपालमा कोस्टारिकाको अवैतनिक महावाणिज्य दूतावासको उद्घाटनले कोस्टारिका र नेपालबीचको व्यापार, लगानी, पर्यटन र जनताबीचको आदानप्रदान लगायतका विभिन्न क्षेत्रमा सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
उनले झण्डै ४७ वर्ष अघि सन् १९७७ अगस्ट १६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा बढ्दो सहयोग आदानप्रदानका कारण दुई देशबीचको सम्बन्ध विस्तार र सुदृढ हुँदै गएको बताइन् । उनले सेप्टेम्बर २०१८ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चस्तरीय भ्रमणले नेपाल र कोस्टारिकाबीचको सम्बन्धमा निकै बलियो जग बसालेको पनि प्रकाश पारिन्।
नेपालका लागि कोस्टारिकाका अवैतनिक वाणिज्य दूत थापाले नेपाल र कोस्टारिकाबीचको व्यापार र लगानीका अवसरहरूको प्रवर्धनका साथै सांस्कृतिक, शैक्षिक र जनमानसको आदानप्रदानको विकासमा योगदान पु¥याउने इच्छामा जोड दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।