logo

अमेरिकामा टिकटकको वार्षिक आम्दानी १६ अर्ब डलर

    650   पटक पढिएको


५ चैत/अर्थ र व्यापार – गत वर्ष सन् २०२३ मा टिकटकले अमेरिकामा १६ अर्ब अमेरिकी डलर आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएको छ । खासगरी किशोर किशोरी तथा युवापुस्ता (जेनेरेसन जेड) का बीचमा व्यापक लोकप्रियताले टिकटकको आम्दानी कीर्तिमानी वृद्धिमा सहयोग गरेको छ ।
अमेरिकामा टिकटकमाथि प्रतिबन्धको सम्भावना बलियो बन्दै गएको समयमा अमेरिकामा कम्पनीले गरेको आम्दानीको रिपोर्ट सार्वजनिक भएको हो ।
अमेरिकाले मुलुकभर टिकटक प्रतिबन्धका लागि संसदबाट विधेयक पारित गरेको छ । ६ महिनाभित्र चिनियाँ स्वामित्व बिक्री नगरेमा अमेरिकामा टिकटक प्रतिबन्ध हुनेगरी प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ) बाट विधेयक पारित भएको हो ।
यसबीचमा फाइनान्सियल टाइम्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सले गत वर्ष विश्वभरबाट १ खर्ब २० अर्ब डलर आम्दानी गरेको छ । यो सन् २०२२ को भन्दा ४० प्रतिशत धेरै हो ।
विभिन्न समाचार एजेन्सीहरुले तयार पारेको न्युज अनुसार १७ करोड प्रयोगकर्ता रहेको अमेरिका टिकटकका लागि चीनपछिको ठूलो बजारको रुपमा रहेको छ । जबकि भारतमा भने सन् २०२० मै टिकटकमाथि प्रतिबन्ध लागेको थियो ।
टिकटकको मातृ कम्पनी बाइटडान्स नयाँ/नयाँ मोबाइल एपहरु सार्वजनिक गर्ने कारणले गर्दा एप फ्याक्ट्रीको नामले समेत चिनिन्छ । त्यसैले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप जस्ता सोसल मिडिया प्लाटफर्मको स्वामित्व रहेको मेटासँग यसको प्रतिस्पर्धा छ ।
सो रिपोर्ट अनुसार बाइटडान्सले सर्वाधिक वार्षिक आम्दानी गर्ने सोसल मिडिया कम्पनीको रुपमा मेटालाई पछि पार्ने सम्भावना छ । गतवर्ष सन् २०२३ मा मेटा कम्पनीको आम्दानीमा १६ प्रतिशतले वृद्धि भएर १ खर्ब ३४ अर्ब ९० करोड डलर पुगेको छ । जुन बाइटडान्सको भन्दा केहीमात्रै धेरै हो ।
यसैबीच, हालैमात्र सार्वजनिक एक अर्को रिपोर्ट अनुसार इन्स्टाग्रामले गत वर्ष सर्वाधिक डाउनलोड हुने सोसल मिडिया एपको सूचिमा टिकटकलाई पछि पार्दै पहिलो नम्बरमा कब्जा जमाएको छ । जसअनुसार गत वर्ष इन्स्टाग्राम ७६ करोड ८० लाख पटक डाउनलोड हुँदा टिकटक चाहिँ ७३ करोड ३० लाख पटक डाउनलोड भयो ।
तथापि अमेरिका मात्रैको कुरा गर्दा भने टिकटक नै गत वर्ष सर्वाधिक डाउनलोड हुने सोसल मिडिया एपको रुपमा कायम छ । सन् २०२३ मा अमेरिकामा ४ करोढ ७० लाख पटक टिकटक एप डाउनलोड हुँदा फेसबुक ३ करोड ५० लाख र इन्स्टाग्राम ३ करोड ४० लाख पटक डाउनलोड भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।