logo

एनसीएनसीको नयाँ कार्यकारिणी बोर्ड अध्यक्षमा शाक्य विजयी

    798   पटक पढिएको


५ पुस/अर्थ र व्यापार – अमेरिकी राज्य नर्थ क्यारोलिनामा रहेको नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यकारिणी बोर्डमा डा. विकास शाक्यको समुहले वर्चश्व कायम गरेको छ ।
संस्थाको सन् २०२४—२५ को नयाँ कार्यकारिणी बोर्डका लागि भएको निर्वाचनमा डाक्टर शाक्यको प्यानलले जीत हासिल गरेको हो । शाक्यले आफ्ना प्रतिस्पर्धी डा. चिरञ्जीवी भट्टराईलाई १ सय ३९ मतान्तरले पछि पार्दै बोर्ड अध्यक्षमा जीत प्राप्त गरेका हुन ।
शाक्यले कुल ४ सय ३६ मत पाउँदा भट्टराईको पक्षमा २सय ९७ मत खसेको थियो । वरिष्ठ उपाध्यक्षमा विजयी ददिन पाण्डेले ४ सय २६ मत हासिल गर्दा उनका प्रतिस्पर्धी कुलानन्द शर्माले २ सय ९९ मत पाए ।
उपाध्यक्षमा जित प्राप्त गरेका नारायण लुइँटेलले ४ सय ३३ मत पाउँदा उनका प्रतिस्पर्धी रचना सुवेदी पोखरेलले २ सय ९१ मत ल्याइन । महासचिवमा विजयी कल्पना भण्डारीले ४ सय ४६ मत प्राप्त गर्दा प्रतिद्धन्दी ऋषिराम अधिकारी २ सय ६० मतमा समिति रहे । पाँच सदस्यमा प्रियान्सु नेपाल, रमेश ओली, निभिता शर्मा, कालिदाश भण्डारी र तीला धमला चौलागाई विजयी भएका छन् ।
अविरल वर्षासँगैको कठाङ्ग्रिदो चिसोका बाबजुद निर्वाचनमा उत्साहजनक सहभागिता रहेको थियो । निर्वाचनमा ७२ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । सन् १९९९ मा स्थापित एनसीएनसी अमेरिकामा अत्यन्त सक्रिय नेपालीहरू आबद्ध संस्था मध्य एक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।