१ मंसिर/अर्थ र व्यापार – अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि ६ लाख अष्ट्रेलियन डलर (५ करोड १८ लाख ५२ हजार रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।
यो सहयोग रकम भूकम्प प्रभावितलाई आपतकालीन सेवा प्रदान गर्न र जीवन रक्षाका लागि उपयोग गरिने अष्ट्रेलिया सरकारले जनाएको छ । यस्तै सहयोग क्षतिग्रस्त सार्वजनिक पूर्वाधार निर्माणमा पनि प्रयोग हुने छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गत १७ कात्तिकको मध्यराती गएको ५.७ म्याग्निच्युडको भूकम्पले १५४ जनाको ज्यान गएको थियो भने ३७५ जना घाइते भएका छन् । सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छन् ।
तपाईको प्रतिक्रिया