logo

इजरायलमा आक्रमणमा परेका नेपालीको उद्धारबारे परराष्ट्रमन्त्रीले गरे राजदूत गोडरसँग छलफल

    873   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार – परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीको उद्धारबारे इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्।
मन्त्री साउदले राजदूत गोडरलाई आइतबार मन्त्रालयमा बोलाएर आक्रमणमा परेका नेपालीहरुको उद्धार र त्यहाँ रहेका अन्य नेपालीको सुरक्षाबारे छलफल गरेका हुन्।

इजरायलमा शनिबार हमासले गरेको आक्रमणमा परी ९ नेपाली विद्यार्थी घाइते भएका थिए। उनीहरु बंकरमा छन्। विद्रोही समूहको कब्जामा रहेकाले घाइतेले उपचार पाउन सकेका छैनन्।
इजरायलमा हाल साढे ४ हजार नेपाली कार्यरत छन्। राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएको मन्त्री साउदको सचिवालयले जनाएको छ।
इजरायलमा नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री साउदले प्रतिनिधि सभाको बैठकमा जानकारी गराउँदैछन्। प्रतिनिधि सभाको बैठक अहिले अपराह्न १ बजे देखि बसेको छ । सोही बैठकले यसबारेमा नेपालको तर्फबाट गर्नुपर्ने थप कार्यबारे निणर्य गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।