logo

पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने भारतको योजना, सुरुमा हाइड्रोजन बस सञ्चालनमा ल्याइँदै

    1042   पटक पढिएको


१२ असोज/अर्थ र व्यापार – छिमेकी मुलुक भारतको इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने योजना सहित पहिलो पटक हाइड्रोजनबाट चल्ने बसको सुरुवात गरेको छ ।
इण्डियन आयल कर्पोरेसनले यो साताको सुरुवातमा पानी मात्रै निष्कासन गर्ने हाइड्रोजन बसको सुरुवात गरेको हो । पेट्रोलियम पदार्थको प्रयोगलाई विस्तापन गर्ने उद्देश्यसहित यो बसको सुरुवात भएको हो ।
इण्डियन आयल कर्पोरेसनले ७५ केजी हाइड्रोजनको उत्पादन विद्युतीय र पानीको प्रयोग गरेर गरेको छ । जसलाई भारतको राजधानी दिल्लीमा दुई बसहरुलाई सञ्चालनका लागि प्रयोग गरिने भारतको तयारी छ ।
भारतका तेल मन्त्री हरदिप सिंह पुरीले यी बसहरुको उद्घाटन गरेका थिए । उनले हाइड्रोजनले भारतमा परम्परागत रुपमा भइरहेको पेट्रोलियम पदार्थको प्रयोगलाई रुपान्तरण गर्ने बताए ।
इण्डियन आयल कर्पोरेसनको फरिदाबादस्थित अनुसन्धान र विकास (आर एण्ड डि) केन्द्रले अहिले ग्रिन हाइड्रोसनको उत्पादन गरिरहेको छ । ३० केजीको क्षमता भएका चार हाइड्रोजन सिलिण्डरको प्रयोगबाट बसले ३५० किमिको दूरीसम्म चल्न सक्ने बताइएको छ ।
चारैवटा सिलिण्डर भर्नका लागि १० देखि १२ मिनेट मात्रै समय लाग्छ । हाइड्रोजनलाई इन्धनका रुपमा प्रयोग गर्दा बाइप्रोडक्टका रुपमा पानीको मात्रै उत्पादन हुन्छ ।
उर्जाको क्षमतामा पनि अन्य इन्धनको तुलनामा तीन गुणा रहेको र वातावरणलाई हानी गर्ने किसिमका प्रतिउत्पादनहरु नहुने भएकाले हाइड्रोजन क्लिन इनर्जीका रुपमा मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।