logo

संसारकै सबैभन्दा धनाढ्य अमेजन सीईओ जेफ बेजोसले अन्तरिक्षमा पुगेर बिहे गर्दै , यस्ती छिन बेजोसकी प्रेमिका

    236   पटक पढिएको

१९ जेठ/अर्थ र व्यापार – विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् ।
५९ वर्षीय बेजोसले छिटै नै ती प्रेमिकासँग बिहे गर्न लागेको बताइन्छ । वास्तवमा अमेजन मालिकको त्यो बिहे कुनै सामान्य खालको बिहे त पक्कै हुनेछैन । होस् पनि कसरी ? बेजोसले पृथ्वीमा होइन कि अन्तरिक्षमा गएर बिहे गर्न सक्छन् ।

आफ्नै कम्पनीको रकेट चढेर अन्तरिक्षमा पुग्ने व्यक्तिको कीर्तिमान बनाइसकेका बेजोस योसँगै अन्तरिक्षमा बिहे गर्ने पहिलो व्यक्ति पनि हुनेछन् । बेजोसकी हुनेवाला पत्नी को हुन् त ? यो जिज्ञासा सबैमा हुनु स्वाभाविकै हो । बेजोसकी हुनेवाला पत्नीको नाम लरेन सान्चेज हो । ५३ वर्षीया लरेन एमी पुरस्कार विजेता पत्रकारका साथै हेलिकप्टर पाइलट पनि हुन् ।
लरेनले आफ्नो इन्स्टाग्राम पेजमा पछिल्लो दिनमा बेजोससँगका तस्वीर तथा भिडियोहरु शेयर गर्ने गरेकी छिन् । उनीहरुले समुद्रमा निजी याचमा चढेर विदा मनाइरहेको बेला उनीहरुको इन्गेजमेन्टको घोषणा भएको थियो ।

अमेरिकामा बस्ने लरेन सान्चेज सोसल मिडियामा निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा धेरै फलोअर्स छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुका लागि रिपोर्टिङ गरिसकेकी छिन् । टेलिभिजन प्रस्तोताको रुपमा पनि उनी निकै चर्चित रहिन् ।
मिरर युकेको रिपोर्ट अनुसार ५३ वर्षीया सान्चेज र ५९ वर्षीय बेजोसको प्रेम सम्बन्धका खबरहरु पछिल्लो समयमा चर्चाको विषय बनिरहेका छन् । उनीहरु दुवै जनाको तस्वीर जब सार्वजनिक भयो त्यसमा सान्चेजको औंलामा हीराको औंठी देखियो । यति मात्र होइन उनीहरु कान्स फिल्म फेस्टिभलका बेला कान्सको तटमा याचमा आफ्नो विदा मनाइरहेको पनि देखिए ।

विभिन्न एजेन्सीहरुले तयार पारेको समाचार अनुसार उमेर छिप्पिएका बेजोस र सान्चेज छिटै बिहे गर्ने योजनामा छन् । तर, उनीहरुको बिहेको योजना सामान्य छैन । उनीहरु अन्तरिक्षमा बिहे गर्ने पहिलो जोडी हुनसक्छन् ।
बेजोसको कुरा गर्दा उनले यसअघि नै अन्तरिक्षको भ्रमण गरिसकेका छन् । सन् २०२१ मा उनी आफ्नो कम्पनी ब्लू ओरिजिनको न्यु शेफर्ड रकेटमा बसेर अन्तरिक्ष पुगेका थिए ।
उनी करीब १० मिनेटसम्म अन्तरिक्षमा रहे र १० मिनेटपछि चाहिं उनी बसेको क्याप्सुल पृथ्वीमा सकुशल फर्कियो । त्यो अन्तरिक्ष यात्रामा करीब साढे ५ अर्ब डलर खर्च लागेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।