logo

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, संकटकाल घोषणा

    622   पटक पढिएको


२३ माघ/अर्थ र व्यापार – टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो ।
अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो । युएसजीएसका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.८ मापन गरिएको छ ।
टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ । बीबीसीका टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म ९० जनाको मृत्यु भइसकेको जनाएको छ । मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन् ।
पहिलो भूकम्प गएको केही मिनेटपछि अरु शक्तिशाली धक्काहरू महसुस भएको थियो । टर्की केन्द्रविन्दु रहेको भूकम्पको धक्का लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि महसुस गरिएको छ । भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले खबर लेखेका छन् ।
टर्कीका गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताए । यी सहरहरू काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिस हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।