logo

युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

    1280   पटक पढिएको

८ मंसिर /अर्थ र व्यापार –  विश्व स्वास्थ्य संगठनले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।
पछिल्ला दिनहरुमा तीब्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरु र युरोपसँग जोडिएका एशियाली देशहरुमा ठूलो संख्यामा मृत्यु हुनसक्ने चेतावनी डल्युएचओले दिएको हो । डब्लुएचओले युरोप क्षेत्रमा राखेका ५३ वटा देशमा अहिलेसम्म १५ लाख बढी मानिसको मृत्य भइसकेको छ।
आगामी बसन्तसम्ममा यो संख्या २२ लाख पुग्ने दाबी पनि डल्युएचओले गरेको छ । मार्चसम्ममा युरोपेली देशका अस्पतालहरुका सघन उपचार कक्षमा भयंकर चाप पर्ने पनि डल्युएचओको प्रक्षेपण छ ।
युरोपका थुप्रै देशहरुमा अहिले कोरोनाको अनिवार्य खोप र लकडाउनको विरोध भइरहेको छ । नेदरल्याण्ड, अष्ट्रिया, बेल्जियमलगायतका देशहरुमा हिंसात्मक प्रदर्शन समेत भएका छन् । जर्मनी, फ्रान्स, ग्रीसलगायतका देशहरुले भने दुई वटै खोप लगाइसकेकाहरुलाई बुस्टर डोज दिने तयारी गरेका छन् ।
पछिल्ला दिनमा रुसमा मात्रै दैनिक मृत्युदर १२ पुगेको छ भने युरोपमा ४ हजार २ सय पुगेको छ । खोप नलगाएकाहरुको हताहती र डेल्टा भेरियन्टको असर निकै खतरनाक देखिएको भन्दै विश्व स्वास्थ्य संगठनले धेरै भन्दा धेरै मानिसको ज्यान बचाउनका लागि सवैको उत्तिकै दायित्व हुने बताएको छ । 
एजेन्सीको सहयोगमा 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।