logo

युनाइटेड फाइनान्सलाई गाभेर नबिल बैंकले २७ गतेबाट एकीकृत कारोबार गर्ने

    1557   पटक पढिएको

२२ असार/अर्थ र व्यापार– नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गरेर असार २७ गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएको छ । प्राप्ति पछि नबिल बैंकको नामबाटै कारोबार हुने नबिल बैंकले जनाएको छ । 

दुवै संस्थाबीच बैशाख १७ गते प्राप्तिबारे सम्झौता भएको थियो । भने नेपाल राष्ट्र बैंकले गत १८ गते अन्तिम स्वीकृति दिएको थियो ।

नबिलले युनाइटेडलाई १ः०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो । अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयरबराबर नबिलको ३५ कित्ता कायम हुनेछ ।

नबिल बैंकले पहिलोपटक संस्था प्राप्ति गर्न लागेको हो । नबिल र युनाइटेड दुवै विदेशी संयुक्त लगानीका वित्तीय संस्था हुन् ।

नबिल बैंकको अन्तिम सेयर मूल्य १२९७ रुपैयाँ छ । युनाइटेडको ४२३ रुपैयाँ छ । अहिले युनाइटेडको सेयर कारोबार रोक्का छ । 

नबिलको अहिले चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ छ । युनाइटेडको एक अर्ब चार करोड छ । अब युनाइटेडको पुँजीबाट नबिलमा ३६ करोड ४२ लाख रुपैयाँ थपिएर पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ पुग्ने छ ।

अहिले नबिलको जगेडा कोष १७ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ र युनाइटेडको ६१ करोड ९१ लाख रुपैयाँ छ । यसबाहेक सेयर आदानप्रदान अनुपातबाट अर्को ६७ करोड ६५ लाख रुपैयाँ पनि जगेडा कोषमा थपिने छ । यसले गर्दा अब नयाँ बैंकको जगेडा कोष १८ अर्ब ८२ करोड २५ लाख रुपैयाँको हुने छ ।

चैतसम्मको वित्तीय विवरणलाई आधार मान्दा युनाइटेडको ८ अर्ब ३७ करोड निक्षेप थपिएर २ खर्ब १६ अर्ब ७० करोड पुग्ने छ भने ऋण ६ अर्ब २७ करोड थपिएर २ खर्ब नाघ्ने छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।