logo

सिटी एक्सप्रेस जापानले सञ्चालनमा ल्यायो मोबाइल रेमिट्यान्स सेवा

    1173   पटक पढिएको


१५ भदौ/अर्थ र व्यापार –  सिटी एक्सप्रेस जापानले मोबाइल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ। यसका लागि कम्पनीले मोबाइल एप्लिकेसन’सिटी मोबाइल वालेट’ सेवा सुरु गरेको जनाएको छ ।
सो एप्लिसकेसन गुगल एप्सबाट डाउनलोड गरी इमेलको मद्दतबाट रजिष्ट्रेसन गरी सेवा लिन सकिने कम्पनीको भनाइ छ । सिटी मोबाइल वालेट’ नामक उक्त एप्लिकेसन मार्फत नयाँ रिसिभर थप गर्न र जुनसुकै समयमा संसारभरीबाट पैसा पठाउन मिल्ने व्यवस्था गरिएको छ। वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ।

सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफु अनुकुल समय र जुनसुकै स्थानबाट एक क्लिकमा पठाउन सकिने विशेषता सो एप्लिकेसनमा रहेको कम्पनीले जनाएको छ । नयाँ एप्लिकेसनसँग कम्पनीले प्रयोगकर्तालाई रिवार्ड पोइन्टको पनि व्यवस्था गरेको छ। मोबाइल एप्लिकेसन डाउनलोड गरेर रजिष्ट्र पुरा हुनसाथ नयाँ सदस्यले ५ समय पोइन्ट रिवार्ड पाउने व्यवस्था पनि गरिएको छ ।
साथीहरुद्ये नयाँ सदस्य बन्न लागि सिफारिस गरेकमा थप ५०० रिवार्ड थपिने कम्पनीले जानकारी दिएको छ। यस्तै हेरक पटक पैसा पठाउँदा सेवा शुल्कको १०५ पोइन्ट रिवार्ड प्राप्त गर्न सकिने छ।
विगतका प्रयोगकर्ताले एप्लिकेसन अपडेट गर्नसाथ सो सुविधा सुविधा पाउने भएका छन्। यस सेवा मार्फत संसारभरीका २०० राष्ट्रहरुमा रकम पठाउँन सकिने व्यवस्था रहेको छ। घरमै वसेर सजिलै पैसा पठाउन मिल्ने सुविधा यस एप्लिकेसनमा थप गरिएको कम्पनीले जनाएको छ।
सिटी एक्सेप्रेसको मोबाइल रेमिट सेवा मार्फत ग्राहकलाई अझै सहजता थपिएको सिटी एक्सप्रेस जापानका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।