logo

समृद्धिकालागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिनुपर्छ:पूर्व उपप्रधानमन्त्री तथा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल

    291   पटक पढिएको


३० असार/अर्थ र व्यापार – पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकले खोजेको आर्थिक समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सम्बन्धीत सरोकारवालाहरु एवं निजी क्षेत्रले सकारात्मक दबाब दिनु आवस्यक भएको बताएका छन ।
देशले खोजेको आर्थिक समृद्धि प्राप्तिका लागि राजनीतिक दलले बजेट, नीति तथा कार्यक्रम र विभिन्न योजना कसरी अघि बढिरहेका छन् भनेर हेर्नुपर्ने बेला आएको बताउँदै उनले अब आर्थिक समृद्धिकालागि सबै सरोकारवालाहरुले राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिनुपर्नेमा जोड दिए । काठमाडौमा सम्पन्न प्वाइन्ट मिडियाद्धारा आयोजित ‘समृद्धि बहस मेगा टक शो–२०२४ ’ कार्यक्रमको उदघाटन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
आगामी मौद्रिक नीतिका बारेमा सम्बन्धीत सरोकारवाला निकायसँगको बहस कार्यक्रममा उनले राजनीतिक दलले मुलुकको उद्योग, कृषि, पर्यटन, कृषि, पूर्वाधारको विकास लगायतमा के कस्ता नीति लिएका छन्, त्यसको भरमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेतर्फ पनि निजी क्षेत्रले दबाब दिनुपर्ने धारणा राखे ।
अहिलेको कछुवा गतिमा रहेको भौतिक पूर्वाधारको विकासका गतिविधीलाई तिब्रताकासाथ अघिबढाउन नसकिए आर्थिक समृद्धिलाई अगाडि बढाउन नसकिने उनको भनाइ थियो । पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका बारेमा सबै क्षेत्रबाट व्यापक छलफल र बहस चलाउनु आवस्यक भएको भन्दै समृद्ध मुलुक निर्माणका लागि सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।
विभिन्न तिन सत्रमा सम्पन्न भएको आगामी मौद्रिक नीतिका बारेमा सम्बन्धीत सरोकारवाला निकायसँगको बहस कार्यक्रममा सबै सरोकारवाला निकायका प्रतिनिधीहरुले आ–आफ्ना धारणा राखेका थिए ।
‘मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षा र सीमितता’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कोरोना महामारीदेखि अहिलेसम्म नेपाल राष्ट्र बैंकले गर्दै आएका वित्तिय स्थाइत्वमा जोड दिएको बताए । पौडेलले पछिल्लो समय राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाका कारण बैंक व्याजदर निरन्तर घटेको बताए । उनले आफुसंग भएको उत्पादनशील क्षेत्रमा लगानी बढाउन र निजी क्षेत्रको आशा संवोधन गर्दै सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले हाल निजी क्षेत्रको विश्वासनियता कमजोर भएकाले यसमा राष्ट्र बैंकले विशेष ध्यान दिनुपर्ने बताए । अध्यक्ष केसीले घरजग्गा र निर्माण क्षेत्रमा देखिएको सिथिलताले पारेको खर्च गर्नसक्ने क्षमता घटाउने प्रभाव र त्यसको असर बैंक वित्तिय क्षेत्रमा पनि परेकाले आगामी मौद्रिक नीति देशको अर्थतन्त्र चलायमान बनाउने खालको आउनुपर्ने धारणा राखे । उनले नीति ल्याउने मात्र होइन कार्यान्वयन गर्न पनि सक्षम हुनुपर्ने बताए ।
यसैगरी, फाईनान्सएल लिट्रेसी नेपालका अध्यक्ष एवं नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले व्यवसायी र बैंकबीच सुमधुर सम्बन्ध कायम हुनुपर्ने बताए । उनले बैंकरले संधै व्यवसायीलाई समस्याको बेला सहयोग गर्दै आएको बताए । राष्ट्र बैंकले व्यवसायीको माग पुरागर्न यो मौद्रिक नीति सकारात्मक हुनुपर्ने बताए । राष्ट्र बैंकको सिमितता भएकाले आगामी मौद्रिक नीति सोही अनुसार आउनपर्ने बताए ।
विकास बैंक संघका अध्यक्ष सुयोग श्रेष्ठले अहिले देशको समग्र क्षेत्रमा नै समस्या भएको बताए । उनले पनि आगामी मौद्रिक नीति अहिलेको अवस्थालाई राम्रोसित बुझेर निजी क्षेत्रको अपेक्षा संवोधन हुने खालको आउनुपर्नेमा जोड दिए । सो सत्रको सहजकर्ता पत्रकार नविन काफ्लेले गरेका थिए ।
यसैगरी, ‘समृद्धिकालागि नीतिगत सुधार र निजी क्षेत्रको उच्च मनोबल आवस्यक’ विषयक सत्रमा सहभागी नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले सम्पत्ति शुद्धिकरणले व्यवसायीलाई तर्साएर राजस्व संकलनको काम गर्ने मात्र होईन निजी क्षेत्रलाई आवस्यक सहज सेवा दिन राज्य बलियो हुनुपर्ने बताए । उनले राजस्व संकलनमा मात्र ध्यान नदिएर अब सरकारले फजुल खर्च रोकनेतर्फ लाग्नु आवस्यक भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले पनि पर्यटन कृषि आइटीको क्षेत्रमा युवालाई सहभागी गराई लगानी बढाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले निजी क्षेत्रको मनोबल उठाउन सरकारले नीतिगत स्पष्ट्रता आवस्यक भएको बताए । समृद्धि भनेको सरकार र सबैको भएको भन्दै उनले सबै सरोकारवालाले राम्रो प्रतिफल लिन कामलाई जोड दिनुपर्ने बताए ।
यसैगरी, नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रमेश शर्माले सरकार अझै निजी क्षेत्रको विविध समस्यामा गम्भिर नभएको बताए । निर्माण व्यवसायी शर्माले व्यवसायीको बाँकी भुक्तानी हुनुपर्नेमा जोडदिँदै एकपटक ५० अर्बजति विकास फन्ट जारी गर्नुपर्नेमा सरकारले किन व्यवसायीको भुक्तानी नगरेको भन्नेबारे गम्भिर चिन्ता व्यक्त गरे । उनले सरकारले दिन्छु भनेर व्यवसायीलाई झुक्याउने काम राम्रो नभएको बताए । विकास निर्माणमा सरकारले बजेट विनियोजन गनुपर्ने भन्दै उनले सरकारले काम गर्न लगाउने अनि भुक्तानी पाउन व्यवसायीलाई अर्थ मन्त्रालयको ढोका धाउन बाध्य पार्न नहुने बताए । उनले विगतका दिनदेखि भईरहेको यस्तो समस्यामा सरकार थप चनाखो हुनुपर्नेमा जोड दिए । सत्रको सहजकर्ता विश्व पर्यटन सञ्जालका संस्थापक कार्यकारी दिपकराज जोशी थिए ।
‘पर्यटन क्षेत्रमा सुधार, बन्नसक्छ समृद्धिको आधार’ विषयक सत्रमा सहभागी नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा – कमल), नाट्टाका पूर्व अध्यक्ष सिएन पाण्डे, पर्यटन व्यवसायी द्दोय विश्वेश श्रेष्ठ र राजन सिम्खडाले नेपालको पर्यटन विकास र आगामी मौद्रिक नीतिका बारेमा आ आफ्ना धारणा राखेका थिए । पर्यटन क्षेत्रका सरोकारवाला निकायसँग भएको सो बहस सत्रको सहजकर्ता सेजनका पूर्व अध्यक्ष प्रदिप चापागाइँले गरेका थिए ।
प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले अझै राजनीतिक दलको एजेण्डा देशको आर्थिक एजेन्डा बन्न नसकेको बताएका थिए । जटिल बन्दै गएको अर्थतन्त्रलाई लयमा फर्काउन यस्ता बहस र छलफलले थप सहयोग पुग्ने उपेक्षा गरिएको उनको भनाई थियो । सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुखहरु तथा सरोकारवाला प्रतिनिधीहरुको बाक्लो सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।