logo

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ७ लाख ६८ हजार आवेदकलाई १० कित्ता सेयर

    743   पटक पढिएको


१५ भदौ/अर्थ र व्यापार – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँट भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब २० करोडको ३० प्रतिशतले हुने ९६ करोड बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कानस गर्ने सवीकृति पाएको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी जम्मा मूल्य २३९ रुपैयाँ प्रतिकित्तामा साधारण सेयर निष्कास गर्न स्वीकृति पाएको हो ।
जसमध्ये ९ लाख ६० हजार कित्ता नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्विकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ८० हजार कित्ता सेयर निष्काशन तथा बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेका ७६ लाख ८० हजार कित्ता साधारण सेयरका लागि कम्पनीले ३२ साउनदेखि ४ भदौसमम्म आवेदन माग गरेको थियो । सो अवधिमा आवेदन दिएका आवेदकलाई शुक्रबार सेयर बाँडफाँट भएको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरका लागि १४ लाख ६६ हजार ८६२ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्यमवाट ७ लाख ६८ हजार आवेदकलाई १० कित्ताका दरले ७६ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ । अन्य आवदकले भने कम्पनीको सेयर प्राप्त गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।