logo

नेपाल–भारत क्रसबोर्डर क्यूआर भुक्तानी सुरु, नेपालीले राष्ट्र बैंकको निर्देशिका पर्खनुपर्ने

    503   पटक पढिएको

२१ भदौ/अर्थ र व्यापार – नेपाल–भारत अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर भुक्तानी सुरु भएको छ । नेपालको फोन पे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच सम्झौता भएसँगै भुक्तानी सुरु भएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, फोन पेका अध्यक्ष विश्वास ढकाल र एनपीसीआईका अधिकारीले बिहिबार क्रसबोर्डर क्यूआर भुक्तानीको औपचारिक सुरुवात गरेका छन्। अब भारतीयहरुले नेपाल आउँदा फोनपेको क्यूआरमार्फत भुक्तानी गर्न सक्ने छन्। भारत जाने नेपालीले भने राष्ट्र बैंकले निर्देशिका जारी गरेपछि मात्र कारोबार गर्न पाउनेछन्।
राष्ट्र बैंकका अनुसार केही समयभित्रै क्रसबोर्डर क्यूआर कारोबार सम्बन्धी निर्देशिका जारी हुनेछ। यो निर्देशिकामा क्यूआर भुक्तानीको सीमा पनि स्पस्ट रुपमा उल्लेख हुनेछ। भारत जाने नेपालीका हकमा एटीएम कार्डबाट हुने भुक्तानीको सीमा तोकिएको छ ।
एक दिनमा १५ हजार र एक महिनामा १ लाख भारु मात्र एटीएमबाट निकाल्न पाइनेछ। औषधि उपचार लगायत अत्यावश्यक सेवामा भने यो सीमा लागू हुने छैन। भारतको पेमेन्ट्स काउन्सिल अफ इन्डिया, एनपीसीआई र फिनटेक कन्भर्जेन्स काउन्सिलले भारतको मुम्बईमा गरेको ग्लोबल फिनटेक फेस्टमा सेवा सुरुवात गरिएको हो।
‘यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो। म विश्वस्त छु कि यस पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ र अन्ततः समृद्धि र विकासलाई बढावा दिनेछ,’ फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने।
यस्तै, फोनपेका प्रमुख संचालन अधिकृत (सीओओ) पारस कुँवरले नेपाल र भारतमा चल्ने क्यूआरलाई इन्टरअपरेबल बनाइएको जानकारी दिए । भारतीय बैंकका एप र वालेटहरु पेटीएम, गुगल पे, फोन पे प्रयोगकर्ताले नेपालमा आएका बखत नेपाली फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउँछन्। नेपालीका हकमा भने तत्कालका लागि फोन पे नेटवर्कमा आवद्ध हुने संस्थाको मात्रै भारतमा क्यूआर चल्ने कुँवरले बताए।
उनका अनुसार फोन पेमार्फत क्यूआरका लागि नेपालमा रहेका बैंक तथा वित्तीय संस्था, वालेट लगायतले सुरुवातमा आवेदन दिनुपर्छ। त्यसपछि फोन पेले ती बैंक तथा वित्तीय संस्था र वालेटलाई स्वीकृति दिएपछि भारतमा क्यूआर भुक्तानी गर्न मिल्छ।
नेपालको कुल व्यापारमा करिब ६५ प्रतिशत हिस्सा भारतको छ। साथै रोजगारीको सिलसिलामा नेपालीहरु ठूलो संख्यामा भारतमा छन्। यस्तो अवस्थामा क्रसबोर्डर भुक्तानीको गतिलो माध्यम नहुँदा खर्बौं रेमिटेन्स अनौपचारिक माध्यमबाट भित्रिरहेको छ।
फोनपे र एनपीसीआईबीचको सहकार्यले अनौपचारिक रेमिटेन्स प्रवाहलाई औपचारिक माध्यममा ल्याउन सघाउ पुग्ने दाबी गरिएको छ।
क्रसबोर्डर भुक्तानीका लागि नेपाल र भारतबीच सरकारीतहमा यसअघि नै सम्झौता भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत जेठ तेस्रो साता गरेको भारत भ्रमणका क्रममा सम्झौता भएको थियो।
सम्झौतामा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का सीईओ निलेशमान सिंह प्रधान र भारतका तर्फबाट एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड एनआईपीएलका सीईओ रितेश शुक्लाले हस्ताक्षर गरेका थिए।
नेपालीहरु रोजगारी, व्यापार व्यवसाय, उपचार, घुमघाम, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि भारत जाने गरेका छन्। भारतीयहरु पनि व्यापार व्यवसाय, घुमघाम लगायत विभिन्न प्रयोजनका लागि नेपाल आउने गर्छन्। तर सहज भुक्तानीको माध्यम नहुँदा दुवै देशका नागरिकले समस्या भोग्दै आएका थिए।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भएको सम्झौताले दुई देशबीच मोबाइल वालेट र क्यूआर कोडबाट भुक्तानी गर्न मिल्ने बाटो खुलेको थियो। फोनपेले यसअघि श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। तर प्राविधिक काम नसकिएकाले भुक्तानी सुरु हुन सकेको छैन। तयारीका लागि अझै केही समय लाग्ने कुँवरले बताए।
श्रीलंका जाने नेपालीले पनि फोनपे चल्ने मोबाइल एप प्रयोगगरी क्यूआरमार्फत नै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।