logo

मेगा बैंकको डेपुटी सिइओमा रविना श्रेष्ठ

    3080   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार -  मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त (बढुवा) भएकी छिन्। रविना मेगा बैंकमा नायव महाप्रबन्धक थिइन्।

मेगा बैंक स्थापनादेखि उनी त्यहाँ छिन्। नबिल बैंक छाडेर उनी मेगा गएकी थिइन्। ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने रविनाले भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी थिइन्।

रविनाको अध्ययन पनि कलकत्तामै भएको हो। श्रेष्ठ त्यसपछि तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा आइन्। त्यहाँ उनले १३ बर्ष काम गरेकी थिइन्। त्यहाँ उनले ’इन्ट्री लेभल’ बाट करियर सुरु गरेकी थिइन्।

चार्टर्ड छोडेर उनी नबिल बैंकमा आइन्। नबिलमा उनले ६ बर्ष सात महिना बिताएकी थिइन्। नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह (नबिल बैंकका सिइओ), अनुपमा खुँञ्जेली (मेगा बैंककी सिइओ) सँगै गएकी थिइन्।

बैंकिङ क्षेत्रमा रविनाले २९ बर्ष बिताइसकेकी छिन्। उनले मानार्थ डाक्टर उपाधि पनि पाएकी छिन्। उनले अन्तर्रा्ष्ट्रिय संस्थाहरुबाट सम्मान तथा पुरस्कार पनि पाएकी छिन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।