logo

पर्शुराम कुँवर : देशकै ठूलो वाणिज्य बैंकको सीईओ

    2648   पटक पढिएको

२२ मंसिर / अर्थ र व्यापार -   कमै मानिसले जीवनमा चाहेकै कुरा हासिल गरेका हुन्छन् । त्यस्तै केहीले फरक प्राप्तिलाई पनि उचाइमा र्पुयाएका हुन्छन् । तिनैमध्ये पर्छन्, बैंकर पर्शुराम कुँवर ।

कुनै समय नामी प्राध्यापक बन्ने सपना देखेका उनी समयक्रममा बैंकर बने । बैंकिङ यात्राको ३५ वर्षमा लाग्दै गर्दा उनले शुक्रबारबाट नेपालको सबभन्दा ठूलो वाणिज्य बैंकको नेतृत्व लिएका छन् । जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका कुँवर उनले ग्लोबल आईएमईसँग मर्ज भएर बनेको संस्थाको नेतृत्व गरेका छन् ।

पुर्ख्यौली थातथलो कास्कीको पोखरा भए पनि बुवाको जागिरका कारण पर्शुराम कुँवरको बाल्यकाल भारतको मुम्बईमा बित्यो । भोगचलन नभएको व्यक्तिको जग्गा सार्वजनिक हुने हल्ला चलेपछि ०२४ सालमा कुँवर परिवार पोखरा फर्कियो । त्यसबेला पर्शुराम नौ वर्षका थिए ।

उनले एसएलसीदेखि बीकम (वाणिज्य शास्त्रमा स्नातक) सम्मको पढाई पोखरामै पूरा गरे । आईकम र बीकम तहमा त विश्वविद्यालय प्रथम नै भए । त्यसपछि उनी एमबीए पढ्न चाहन्थे, तर पोखरामा त्यो सुविधा थिएन । अन्ततः अर्थशास्त्र पढ्न पृथ्वीनारायण क्याम्पसमा फारम भरेको उनी बताउँछन् ।

त्यसबेला पृथ्वीनारायण क्याम्पसमा प्रध्यापक परिवर्तन भइरहन्थे । बाहिरबाट आएका प्राध्यापकहरु धेरै समय नबस्ने हुँदा क्याम्पस समस्यामा थियो । ‘मेरो मार्क्सिट हेरेपछि सहायक डीन शिवपुजन यादवले काठमाडौं जाऊ भन्नुभयो’, कुँवर सम्झन्छन्, ‘तिमी स्थानीय भएका कारण काठमाडौंमा एमबीए नै गरेर पढाउन पोखरा फर्क भन्नुभयो । मेरो रुचि पनि अध्यापन नै थियो ।’ उनी जसोतसो काठमाडौं आएर शंकरदेव क्याम्पसमा भर्ना भए ।

शंकरदेवमा भर्ना भएपछि कुँवरलाई शिक्षणको अनुभव लिन मन लाग्यो । नागार्जुन स्कूलमा अंग्रेजी पढाउन थाले । त्यसबेला क्याम्पसको परीक्षा सरेको र्सयै गर्थ्यो । नतिजा आउन उत्तिकै ढिलो हुन्थ्यो । बल्लबल्ल दिन पाएको एमबीए पहिलो वर्षको नतिजा ढिलै आयो । कुवँर भन्छन्, ‘त्यो पनि सन्तुष्ट हुन सकिने खालको आएन ।’

सधैं प्रथम भएका उनको मन एमबीएको रिजल्टले मोडिदियो । हल्काफुल्का सर्टि्फिकेट बोकेर कक्षा कोठामा नपस्ने सोच बनाएका उनले त्यही बीचमा चारवटा बैंकमा खुलेको जागिरका लागि आवेदन दिए । तीमध्ये तत्कालीन इन्डोस्वेज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट बैंक)ले लिखित परीक्षामा बोलाउँदै बोलाएन ।

बाँकी तीन वटाको लिखित परीक्षामा उनी उत्तिर्ण भए । कामचाहिँ ग्रीनलेज (हाल स्टाण्डर्ड चार्टर्ड) मा शुरु गरे । कुँवर भन्छन्, ‘नेपाल बैंकको अन्तरवार्तामा नगई २०४२ सालदेखि सहायक तहबाट ग्रीनलेज बैंकमा काम शुरु गरेँ ।’

करिअरमा तीव्र उतारचढाव

पर्शुराम कुँवरले विदेशी लगानीको ग्रीनलेजमा १७ वर्ष बिताए । केही पटक निमित्त प्रमुख कार्यकारी अधिकृतले गर्नेसम्मको अधिकार पाएका कुँवरले २०६० असारमा ग्रीनलेज बैंक (स्टाण्डर्ड चार्टर्ड) बाट बिदा लिए । त्यसबेला मुलुकको जेठो बैंक नेपाल बैंकको अवस्था नाजुक थियो । सरकारले वित्तीय सुधार कार्यक्रम ल्याएर नेपाल बैंकको व्यवस्थापन विदेशीलाई हस्तान्तरण गरेको थियो । नेपाल बैंकलाई सुधार्न आएको विदेशी टोलिमा केही नेपाली पनि सहभागी भए । तीमध्ये पर्शुराम कुँवर एक थिए ।

उनले नेपाल बैंकको विभिन्न महत्वपूर्ण विभागमा साढे तीन वर्ष बिताए । बैंकलाई सही ठाउँमा ल्याएर १६ पुस २०६३ मा व्यवस्थापन हस्तान्तरण गरेपछि विदेशीहरुसँगै कुँवर पनि बाहिरिए । नेपाल बैंक छाडेको महिना दिनभित्रै सिटिजन्स बैंक इन्टरनेसनलमा उनले सेकेन्ड म्यानको रुपमा नियुक्ति लिए । तत्कालीन सीईओ राजनसिंह भण्डारी र कुँवर एकैदिन सिटिजन्समा नियुक्त भएका थिए । दुई कार्यकाल सिटिजन्सका सीईओ रहेका भण्डारी अहिले अध्यक्ष भएका छन् ।

कुँवर भने सिटिजन्समा डेढ वर्षमात्र बसेर बैंक अफ एशिया (हाल एनआईसी एशिया) को सीईओ नियुक्त हुन पुगे । त्यहाँ उनले एक कार्यकाल पूरा गरे ।परिस्थितिले फर्कायोपर्शुराम कुँवर बैंकिङ क्षेत्रबाटै विदा लिनेगरी २०६९ सालमा बैंक अफ एशियाबाट बाहिरिएका थिए । ‘खासमा म प्रशिक्षक तथा परामर्शदाताको रुपमा काम गरेर प्राध्यापन गर्न नपाएको तिर्सना मेट्न चाहन्थेँ’, उनी भन्छन्, ‘विश्व बैंक र एशियाली विकास बैंकका विभिन्न प्रोजेक्टहरुमा प्राध्यापन जस्तो काम गरेँ पनि ।’

बैंकका कर्मचारीहरुलाई प्रशिक्षण र बैंकहरुलाई परामर्श दिने क्रममा २०७१ सालमा उनलाई तत्कालीन ग्राण्ड बैंकबाट ‘अफर’ आयो । समस्याग्रस्त ग्राण्डको बोर्डले परामर्शदाताको रुपमा बैंकमै रहेर काम गर्न आग्रह गरेको थियो । त्यहाँ गएसँगै उनी सीईओ नियुक्त भए ।

चार वर्षे कार्यकालकै लागि नियुक्ति दिए पनि उनी ६ महिनामात्रै ग्राण्डमा बसे । ‘बैंक एउटा लयमा आएपछि पुनः प्रशिक्षण तथा परामर्शमा नै फर्केँ’, उनी भन्छन्, ‘तत्कालीन त्रिवेणी विकास बैंक जनता बैंकसँग मर्ज हुँदा कर्मचारी समायोजन योजना बनाएँ ।’

पछि सिद्धार्थ डेभलपमेन्ट बैंकसँग जनता मर्ज हुँदा पनि उनैले विज्ञ सेवा दिए । त्यसबेला जनता बैंकमा सीईओ कुमार लम्साल र तीन जना डेपुटी सीईओ थिए । लम्साल बाहिरिएर नयाँ सीईओको खोजी हुँदा बैंकले कुँवरलाई नै सहयोगको आग्रह र्गयो ।

प्रस्ताव गरेकाहरु आउन नमान्ने र मान्नेहरुलाई बैंकको बोर्डले ल्याउन नमान्ने भएपछि बोर्डले कुँवरलाई सीईओ बनाउने निर्णय र्गयो । त्यो परिस्थितिमा अढाई वर्षअघि उनी जनता बैंक नेपालको सीईओ नियुक्त भएका थिए ।

देशकै ठूलो बैंकमा अवसर

पर्शुराम कुँवरले शुक्रबारबाट नेतृत्व लिएको ग्लोबल आईएमई बैंक आजको मितिमा नेपालको सबभन्दा धेरै पुँजी, निक्षेप र कर्जा भएको वाणिज्य बैंक हो । मर्जरपछि यो बैंकको चुक्ता पुँजी १९ अर्ब रूपैयाँ पुग्नेछ, जुन हालसम्मका वाणिज्य बैंकहरु मध्येकै उच्च हो ।

त्यस्तै ग्लोबल आईएमई बैंकको कूल निक्षेपको आकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब हुनेछ । शाखा कार्यालय ३०० हाराहारी पुग्नेछन् । बैंकका एटिएम २५६ र २४१ शाखारहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछन् । यसैगरी बैंकका कर्मचारी तीन हजार २५० भन्दा बढी हुनेछन् भने ग्राहक संख्या २० लाख नाघ्नेछ ।

नवनियुक्त सीईओ कुँवर भने देशकै ठूलोभन्दा पनि राम्रो संस्थामा काम गर्ने अवसर पाएकोमा सन्तुष्ट रहेको बताउँछन् । उनी भन्छन्, ‘दुवै बैंक राम्रा हुन्, यी मिलेर बनेको बैंकमा काम गर्न पाउनु अवसर पक्कै पनि हो, तर मैले केही चुनौतीको रुपमा पनि लिएको छु ।’

 

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।