२८ पुस/अर्थ र व्यापार– लक्ष्मी बैंकको २०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकको मंगलबार बसेको साधारणसभाले ९ प्रतिशत बोनस सेयर र साढे २ प्रतिशत नगद लाभांस सहित साढे ११ प्रतिशत पारित गरेको छ । बोनस सेयर पारितसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वकरण जैन र स्वाति रुङ्गटा सञ्चालकमा निर्बिरोध चयन भएका छन् ।
बैंकको गत बर्ष एक खर्ब ७६ करोड निक्षेप थियो भने ८९ अर्ब ८९ करोड कर्जा लगानी गरेको थियो। गत बर्ष बैंकले एक अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
तपाईको प्रतिक्रिया