२३ असार/अर्थ र व्यापार– जगदम्बा स्टिलले आफ्नो नयाँ उत्पादन जगदम्बा सुपर साइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) उद्योगको उद्घाटन गरेको छ।
बाराको सिमरामा अवस्थित अत्याधुनिक प्रविधियुक्त उद्योगको उद्घाटन कम्पनीका संस्थापक अध्यक्ष शंकरलाल अग्रावालले गरेका छन् ।
जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लस जस्तापाता उत्पादनले नयाँ आयाम ल्याउनेमा कम्पनी विश्वस्त छ ।
विभिन्न रंगको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर साइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भाप्लस नाम दिइएको हो ।
नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाइन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर साइन तथा ग्याल्भाप्लस अन्य साधारण जस्तापाताको तुुलनामा अधिक मजबुुत र टिकाउ हुने कम्पनीको भनाइ छ ।
तपाईको प्रतिक्रिया