logo

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त

    1960   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार- सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन । बैंकको सञ्चालक समितिले असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । उनी केही समयदेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि गोविन्द गुरुङले बैंकको प्रमुख कार्यकारी अधिकृत बाट राजीनामा गरेपछि पोखरेलले वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारीको जिम्मेवारी पाएका थिए ।

पोखरेललाई बैंक सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी बनाएको हो । पोखरेल कामु प्रमुख कार्यकारी हुनुअघि नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।  पोखरेलसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको समेत अनुभव छ ।

उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका उनले तत्कालिन ग्रिण्डलेज बैंकमा १९ वर्षभन्दा बढी काम गरेका थिए । त्यसपछि उनले एनआइसी एसियामा करिब ५ वर्ष र नबिल बैंकमा एक वर्ष काम गरे । त्यसपछि उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे । त्यहाँ डेढ वर्ष काम गरेपछि उनले म्यानमारकै एजीडी बैंकमा अर्को डेढ वर्ष बिताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।