logo

धितोपत्र बोर्डले साढे चार महिनापछि पायो नेतृत्व, हमाल अध्यक्ष नियुक्त

    2360   पटक पढिएको

५फागुन/अर्थ र व्यापार– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. रमेश हमाल नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।
बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्तमा परेपछि विगत साढे चार महिनादेखि धितोपत्र बोर्ड नेतृत्व विहीन थियो ।
ढुंगाना बर्खास्तमा परेपछि सरकारले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएर प्रक्रिया अघि बढाएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले यसअघि नवनियुक्त अध्यक्ष हमाल सहित कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम छनोट गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सो छनोट समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका थिए । छनोट समितिको सिफारिस गरेका तीन जना मध्येबाट मन्त्रीपरिषदको बैठकले हमाललाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो।

बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले पहिलो नम्बरमा  हमाल, दोस्रोमा डा. गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेलको नाम छनौट गरेको थियो । अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । अन्तरवार्ताका लागि छानिएका पाँच जना मध्ये निरज गिरी र खगेन्द्र कटुवाल तीन जनामा पर्न सकेका थिएनन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।