logo

धितोपत्र बोर्डले साढे चार महिनापछि पायो नेतृत्व, हमाल अध्यक्ष नियुक्त

    2052   पटक पढिएको

५फागुन/अर्थ र व्यापार– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. रमेश हमाल नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।
बुक बिल्डिङ प्रकियाबाट प्राथमिक सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा मुछिएका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना बर्खास्तमा परेपछि विगत साढे चार महिनादेखि धितोपत्र बोर्ड नेतृत्व विहीन थियो ।
ढुंगाना बर्खास्तमा परेपछि सरकारले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएर प्रक्रिया अघि बढाएको थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले यसअघि नवनियुक्त अध्यक्ष हमाल सहित कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम छनोट गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सो छनोट समितिका सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र विज्ञ सदस्यमा नेपाल स्टक एक्सचेन्जका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका थिए । छनोट समितिको सिफारिस गरेका तीन जना मध्येबाट मन्त्रीपरिषदको बैठकले हमाललाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो।

बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले पहिलो नम्बरमा  हमाल, दोस्रोमा डा. गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेलको नाम छनौट गरेको थियो । अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । अन्तरवार्ताका लागि छानिएका पाँच जना मध्ये निरज गिरी र खगेन्द्र कटुवाल तीन जनामा पर्न सकेका थिएनन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।