logo

बीमा व्यवसायमा सुधारको संकेत , ३९ वटा बीमा कम्पनीले उठाए ७३ अर्ब रुपैयाँ बढी प्रिमियम

    2010   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार– पछिल्लो समय मुलुकमा बीमा क्षेत्रको व्यवसाय १९ प्रतिशतले बढेको छ । एकवर्ष अघि २०७७ सालको मंसिर महिनाको तुलनामा बीमा कम्पनीहरुले यस वर्षको मंसिर महिनासम्ममा आफ्नो व्यवसाय १८ दशमलब ८७ प्रतिशत बढाउन सफल भएका छन । सो अवधीमा प्रिमिय ११ अर्ब ६२ करोड रुपैयाँले बढाउन सफल भएका हुन् ।
बीमा समितिका अनुसार जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्दै आएका ३९ कम्पनीले २०७८ मंसिर महिनासम्ममा ७३ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन एक वर्ष अघि अर्थात २०७७ मंसिर महिनासम्ममा ६१ अर्ब ६० करोड रुपैयाँ थियो ।
जसमध्ये जीवन बीमा व्यवसाय गर्दै आएका १९ कम्पनीले चालु आर्थिक वर्षको ५ महिनासम्ममा ५७ अर्ब ७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, निर्जीवन बीमा व्यवसाय गर्दै आएका २० कम्पनीले १५ अर्ब ४२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।
जीवन बीमा व्यवसाय सञ्चालन गर्नेमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १५ अर्ब ४४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । र, महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ५४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
यता निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेका कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सले चालु आवको ५ महिनामा एक अर्ब ६७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, साढे १ अर्ब भन्दा कम र एक अर्ब भन्दा बढी प्रिमियम उठाउन ४ कम्पनी सफल भएका छन् । सगरमाथाले एक अर्ब ४५ करोड, नेको इन्स्योरेन्सले एक अर्ब ३० करोड, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ११ करोड र एनएलजी इन्स्योरेन्सले एक अर्ब रुपैयाँ बढीको बीमाशुल्क आर्जन गरेका छन् ।
सानिमा जनरल इन्स्योरेन्सले भने सबैभन्दा कम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत साउनदेखि मंसिर महिनासम्ममा ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको बीमा समितिले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।