logo

एशियाकै उत्कृष्ट बन्यो एनएमबि बैंक, पायो ‘बैंक अफ दी एशिया’ अवार्ड

अब हाम्रो लक्ष्य विश्वकै उत्कृष्ट बन्ने हो अध्यक्ष : गोल्यान 

    1519   पटक पढिएको

१५ मंसिर /अर्थ र व्यापार – एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ । बुधबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै सो बैंकले एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको घोषणा गरेको हो । योसँगै बैंकले ‘बैंक अफ दी एशिया २०२१’ नामक अवार्ड पाएको छ । बैंकलाई लन्डनस्थित फाइनान्सियल टाइम्सले सो अवार्ड प्रदान गरेको हो । यो अर्वाड पाएपछि एनएमबि ‘बैंक अफ दी एशिया’ बन्ने पहिलो नेपाली बैंक बनेको छ ।

सो अवार्ड घोषणा कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले यो एनएमबी बैंकको गौरवको विषय मात्र नभएर सम्पूर्ण नेपाली सबैको जित भएको बताए । उनले यो उपलब्धि राष्ट्र बैंक, सम्पूर्ण बैंक तथा वित्तीय संस्थाकालागि गौरवको विषय भएको बताए ।
१ शाखा र ३५ कर्मचारीबाट बैंकिंङ सेवा शुरु गरेको यो बैंकले १३ वर्षको यात्रामै यतिठुलो महत्वपूर्ण उपलब्धि हाँसिल गरेको भन्दै उनले बैंकले सुशासन र वित्तीय साक्षरतामा ध्यान दिँदै बोर्ड व्यवस्थापनप्रतिको विश्वासले यो सम्भव भएको बताए ।  यसैगरि, दीगो बैंकलाई मध्येनजर गर्दै एनएमबि बैंकले काम गर्दै गएको बताउँदै उनले विदेशीबाट सबैभन्दा बढी पैसा ल्याउने बैंकका रुपमा रहेको समेत जानकारी गराए । 
अन्य ठूला बैंकले नपाएको यो अवार्ड एनएमबिले पाउँदा निकै खुशी भएको सुनाउँदै उनले नेपालमा पनि थुप्रै काम र योजनामा एनएमबि बैंक पहिलो बैंक बनेको बताए । उनले यस बैंकले नयाँ नयाँ योजना लिएर बैंकिङ क्षेत्रमै योगदान गर्दै आएको जानकारि दिए । 
‘हामीले उर्जामा ठूलो लगानी गरेका छौं, उद्योगमा पनि ठूलो लगानी गरेका छौं, व्यवसाय भन्दा पनि दीगो बैंकिङ कसरी बनाउन सकिन्छ ? त्यसमै हामी काम गरिरहेका छौं,’ केसीले भने ।
यो अवार्डले नेपालको बैंकिङ क्षेत्रलाई थप हौसला र प्रोत्साहन गर्ने उनको भनाई छ । धेरै बैंकहरु नेपालमा लगानी गर्न तयार रहेको र यस अवार्डले थप चुनौति बढाएको उनले बताए । 
बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले यो अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो । यस अवार्डको प्रतिस्पर्धामा एशियाका ४८ वटा देशका बैंकहरु सहभागी भएका थिए । अघिल्लो वर्ष पनि ‘बैंक अफ दि इयर २०२०’ को अवार्डबाट एनएमबि बैंक नै सम्मानित भएको थियो । 

अब हाम्रो लक्ष्य विश्वकै उत्कृष्ट बन्ने हो अध्यक्ष : गोल्यान 
यस्तो अवार्ड जित्न सफल भएको जानकारि दिन आयोजत विशेष कार्यक्रममा एनएमबी बैंकका अध्यक्ष पवन गोल्नले आफुहरुले यो अवार्ड जित्नकोलागि एक वर्ष अघि नै निकै मिहिनेतपूर्ण काम गर्न थालेको बताए । हामीले साना साना उद्यमी जन्माउन गरेको प्रेरणादायी कामको परिणाम तथा प्रतिफल नै यो अवार्ड भएको भन्दै उनले अहिले पाएको यस अवार्डले बैंकको जिम्मेवारी थप बढाएको बताए । उनले अझै मुलुकको कृषि क्षेत्रको प्रवद्र्धनमा यस बैंकले धेरै काम गर्नुपर्ने बताए । यसैगरि, उनले अब यस बैंकको लक्ष्य नेपाली जनताको बैंक बन्न चाँहने र बिश्वकै उत्कृष्ट नमुना बैंक बन्ने नै भएको बताए ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।