logo

प्राविधिक शिक्षामा आकर्षित हुदै विद्यार्थीहरु

    2379   पटक पढिएको

 

कात्तिक ९ / अर्थ र व्यापार - पछिल्लो समय खोटाङमा प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको छ । सिभिल इन्जिनियरिङ, फरेष्टर, कृषि जेटिए, पशु जेटिए, लघु उद्यम सहजकर्ता, व्युटिसिएन, मोबाइल रिपेयरिङलगायत प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढेको हो । सिटिइभीटीको सम्वन्धनमा २०७१ सालदेखि प्राविधिक शिक्षाको पठन–पाठन सुरु गरेको एक मात्र दिक्तेल प्राविधिक कलेजमा पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको चाप बढेको छ । अध्यायन पूरा गरेलगत्तै रोजगारी पाइने तथा तराईका प्राविधिक शिक्षालयमा भन्दा सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त हुने भएकाले दिक्तेल प्राविधिक कलेजमा छोटो समयमै विद्यार्थीको चाप बढ्दै गएको कलेजका प्रिन्सिपल सिताराम राईले बताए। 

सहजरूपमा जागिर पाउनका लागि ‘स्कोप’ भएको तथा सस्तो शुल्कमा अध्यायन गर्ने वातावरण बनेपछि प्राविधिक शिक्षाप्रति युवा पुस्ताको आकर्षण बढेको हो । पछिल्लो समय माग गरेभन्दा बढी विद्यार्थी आउँदा दोब्वर विद्यार्थीलाई प्रवेश परीक्षाबाटै फर्काउनुपर्ने बाध्यता आउन थालेको प्राविधिक शिक्षालयले जनाएको छ । ‘प्रविधिको जमना भएकाले पनि अहिलेका पुस्ता प्राविधिक क्षेत्रमा लाग्न चाहन्छन,’ प्रिन्सिपल राईले भने, ‘प्राविधिक शिक्षा अध्ययन गरेपछि बेरोजगार भएर बस्नु पर्दैन । कहीँ न कहीँ रोजगार प्राप्त हुने भएकाले पनि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढेको हो ।’ 

कलेजले सिभिल इन्जिनियरिङतर्फ १८ महिने सब–ओभरसियर, ३९० घण्टाको वन फरेष्टर (तह दुई), ३९० घण्टाकै कृषि जेटिए, सोही अवधिको पशु जेटिए, १५ सय घन्टाको लघु उद्यम सहजकर्ता, ३९० घण्टाकै व्यूटिसियन र मोबाईल रिपायरिङ कोर्स सञ्चालन गर्दैआएको छ । विद्यार्थीले ९० हजारमा सिभिल इन्जिनियरिङ, ३५ हजारमा वन फरेष्टर तह दुई, २५ हजारमा कृषि जेटिए, २५ हजारमै पशु जेटिए, १५ हजारमा व्युटिसियन, १० हजारमा मोबाइल मर्मत सम्वन्धी कोर्स पूरा गर्न पाउँछन् । कतिपय विद्यार्थी दिक्तेल बहुमुखी क्याम्पस, सरस्वती उच्च माविलगायत शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीसमेत प्राविधिक शिक्षालय पुग्ने गरेका छन् । सस्तो शुल्कमा प्राविधिक शिक्षाको तह पूरा गर्ने अवसरका लागि खोटाङ बाहेक स्याङ्जा, रामेछाप, इलाम, सिराहा, सप्तरी, झापा, सिन्धुपाल्चोकलगायत जिल्लाबाट विद्यार्थी दिक्तेल आएका छन्। 

 

यसपटक ४० जनाको कोटा रहेको सिभिल इन्जिनियरिङ र ८० जनाको कोटा रहेको वन फरेष्टरका लागि डेढ सयको हाराहारीमा विद्यार्थी भर्नाका लागि आएको निर्देशक राईले बताए । अन्य विषयमाभन्दा वन फरेष्टरमा बढी विद्यार्थीको आकर्षण देखिएको छ । फरेष्टर तह दुईको कोर्स पूरा गरेपछि फरेष्टर, सिनियर गेम स्काउट, बोटनी सम्वन्धी आयोगको परिक्षा दिने बाटो खुल्ने भएकाले यस विषयमा विद्यार्थीको चाप बढी देखिएको हो । रोजेको विषयको इन्ट्रान्समा नाम ननिकालेका विद्यार्थीले अर्कै विषयमा प्रवेश परीक्षा दिने गरेका छन्। 

प्राविधिक कलेजबाट सिभिल इन्जिनियरिङ पूरा गरेका अधिकांश विद्यार्थीले हाल भूकम्प सम्वन्धीको पुनर्निर्माणका काममा करारमा काम पाएका छन् । कतिपयले लोकसेवा आयोगको तयारी गरिरहका छन परिक्षा दिइरहेका छन् । आव २०७२÷०७३ मा अध्यायन गरेका फरेष्टरका पहिलो लटका १८ जनामध्ये १४ जना विद्यार्थीले आयोग उत्तिर्ण गरेर सेवामा प्रवेश गरिसकेको प्रिन्सिपल राईले बताए । ‘यहाँबाट अध्ययन गरेर बाहिरिएका विद्यार्थीले कतै न कतै रोजगार पाएका छन् , रित्तो हात बस्नु परेको छैन,’ राईले भने, प्राविधिक शिक्षालयमा भर्ना भएका विद्याथीलाई प्रोजेक्टर विधि, सैद्धान्तिक र प्रयोगात्मक विधिबाट शिक्षण गर्ने व्यवस्था छ । ६ महिने ओजेटीका लागि प्राविधिक शिक्षालयको लोगो अंकित पोशाकमा सजिएका विद्यार्थीलाई जिल्ला समन्वय समिति, खानेपानी तथा सरसफाइ कार्यालयलगायतका कार्यालयमा पठाउने गरिएको छ । यस वर्ष

प्राविधिक शिक्षामा उत्कृष्ट नतिजा निकालेकामा दिक्तेल प्राविधिक शिक्षालयले तेस्रो पुरस्कार हात पारेको छ। 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।