logo

देशकै प्रमुख पर्यटकियस्थल ठमेलमा दुई महिना देखि सडकको बिजोग

    3298   पटक पढिएको

१९ जेठ/ अर्थ र व्यापार - देशकै प्रमुख पर्यटकियस्थल ठमेलको सडक विगत करिव दुई महिनादेखि अव्यवस्थित हुँदा पर्यटकहरुले सास्ती व्यहोर्नु परेको छ । त्यति मात्र होईन सडकको कारण होटल,पर्यटकहरुलाई लक्षित गरेर खोलिएका पसलहरु बन्दै गर्नुपर्ने अवस्था आएको छ ।
सडक विभाग,काठमाडौं महानगरपालिका ,केयुकेएलको ढिलासुस्तिका कारण निकै सास्ति भोग्नुपरेको र पर्यटकहरुले निकै असहज अवस्था भोग्नुपरेको ठमेल पस्थत व्यवसायिहरु वताउँछन । 

पर्यटकिय स्थल ठमेल पछिल्लो समय मेलम्चि खानेपानी आयोजना र ढल निकासको लागि गरिएको जथाभावि सडक खन्ने र भत्काउने कार्यले पछिल्लो समयमा कूरुप वन्दै गएको छैन,हिँडडुल गर्न नै समस्या भएको छ ।
ठुला–ठुला खाल्टा,कच्चि वाटो, अत्याधिक धुलो उड्ने, सामान्य वर्षा हँुदा पनि पानी जम्ने गरेका कारण ठमेलको सडक हिँडडुल गर्नै पनि असहज बन्दै गएको छ । जसले गर्दा ठमेल वजारको सुन्दरतामा कमि आउने मात्र होइन,प्रमुख प्रर्यटकिय स्थलको छाप नै पर्यटकहरुमा नकारात्मक पर्ने पर्यटन व्यवसायिहरु वताउँछन ।


यस विषयमा कुरा गर्दा काठमाडौं महानगरपालिकाका जिम्मेवार व्यक्तिहरुले ठमेलको साँघुरो सडक र गहिरो ढल भएका कारण काममा ढिलासुस्ति भएको स्विकारे ।

शुक्रवार अर्थ र व्यापार संग कुरा गर्दै ठमेल पर्यटन विकास समितिका महासचिव भवि शर्माले छिटो भन्दा छिटो काम सक्न ठमेल पर्यटन विकास परिषद्ले पहल गरिरहेको वताए । तीन वा चार दिन देखि ठमेलमा सडकको पिच काम सुरु हुने वताए । असार १५ सम्ममा सम्पूर्ण सडकको काम सकिने र पुरानै अवस्थामा फर्किने उनले वताए । 
यता व्यवसायिहरु र ठमेल स्थित बासिन्दाहरुले छिटो भन्दा छिटो काम सक्न माग गरेका छन । 
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

एनसेलको सेयर बिक्री सरकारको छानबिनमा, मन्त्रिपरिषद्ले बनायो शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति

सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पुर्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पु¥याउन सम्बन्धीत सरोकारवाला निकाएहरुलाई निर्देशन दिएका छन । सामाजिक सुरक्षा कोषद्धारा काठमाडौमा आयोजित छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन ।

वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना हुने

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आइतबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।