logo

भिटोफ नेपालले बाग्लुङको काँठखोला र फापरखेतमा अवलोकन भ्रमण गर्ने

    2135   पटक पढिएको

७ माघ / अर्थ र व्यापार- गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले आगामी माघ ११ देखि १३ गतेसम्म बाग्लुङको काँठखोला गाउँपालिका वडा नं. ४ र ५ मा अध्ययन अवलोकन भ्रमण गर्ने भएको छ । भिटोफले नयाँ गन्तव्यहरुको प्रवद्र्धन गर्ने क्रममा वाग्लुङको काँठखोला र फापरखेतमा अध्ययन अवलोकन भ्रमण गर्न लागेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ–नेपाल) का अध्यक्ष ध्रुव सिम्खडाले वताए ।
नेपाल सरकारले सन २०२० मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको अवस्थामा भिटोफको नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनले नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने भिटोफ नेपालका द्धितीय उपाध्यक्ष तथा मिडिया संयोजक गोपाल थापाले वताए । कार्यक्रमका संयोजक भिटोफ नेपालका प्रथम उपाध्यक्ष दिपक दाहाल हुन । 

अध्ययन अवलोकन भ्रमणको अवसरमा काँठखोला गाउपालिका र फपरखेत गाउँपालिकामा होमस्टेको उद्घाटन लगायतका अन्य विविध कार्यक्रम गरिने थापाले अर्थ र व्यापारलाई वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।