१८ मंसिर/अर्थ र व्यापार– लन्डनको प्रख्यात सैलुन ब्रान्ड ‘टोनी एन्ड गाइ’ सैलुन काठमाडौंको दरबारमार्गमा खुलेको छ ।
मंगलबार अभिनेत्री प्रियंका कार्कीले एक कार्यक्रमबीच सैलुनको उद्घाटन गरेकी हुन् । दरबार मलको तेस्रो तलामा अवस्थित सैलुनले उत्कृष्ट सेवा दिने दाबी गरेको छ ।
‘टोनी एन्ड गाइ’ सैलुन दरबारमार्गमा पहिल्यै खुल्ने भनिए पनि कोभिड– १९ महामारीका कारण पछि धकेलिएको थियो ।
कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार धेरै पुरस्कार पाइसकेको हेयरड्रेसिंग ब्रान्ड टोनी एन्ड गाइ उत्कृष्ट ग्राहक सेवा र हेयरकेयर विशेषज्ञतामा ५० वर्ष भन्दा बढीको अनुभव रहेको उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया