१५ असार/अर्थ र व्यापार– मंगलवार नेपाली बजारमा मंगलवार सुनको मूल्य सामान्य अंकको गिरावट आएको छ।
सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेर रू. ९० हजार ६०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो ।
मंगलवार तेजाबी सुन पनि प्रतितोला रू. १०० ले घटेको छ । आज तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९० हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार प्रतितोला १ हजार ३०५ मा कारोबार भएको चाँदी मंगलवार रू. ५ ले घटेर प्रतितोला रू. १ हजार ३०० मा खरीदविक्री भइरहेको छ ।
तपाईको प्रतिक्रिया