logo

पोखराकमा दृष्टिविहीनका लागि ‘उज्यालो बजार’ शुरु

    1486   पटक पढिएको

२ भदौ / अर्थ र व्यापार – उज्यालो प्रतिष्ठान नेपालले दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिका लागि बिहिबारदेखि पोखराको चिप्लेढुंगास्थित सिद्धार्थ मिनि मार्केटमा उज्यालो बजार शुरु गरेको छ । उनीहरुलाई व्यावसायिकता र उद्यमशीलतामार्फत आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यका साथ उज्यालो बजार शुरु गरिएको हो ।

दृष्टिविहिन व्यक्तिलाई समाजको बोझका रुपमा लिइने, उनीहरुको ज्ञान, सीप र क्षमताको प्रयोग गर्ने उपयुक्त स्थानको अभाव, पारिवारिक सामाजिक अविश्वास, व्यवसाय सञ्चालनको अव्यवस्थित तौरतरिकाजस्ता कुरालाई चिर्न दृष्टिविहीनले पनि केही गर्न सक्छन् भन्ने विश्वास दिलाउन व्यवसाय सञ्चालन गरिएको हो ।

तीसवटा सटर लिई २१ जना दृष्टिविहीन व्यक्तिलाई व्यवसायी बनाउने उद्देश्य राखिएकोमा अन्य अपाङ्गता भएका व्यक्तिसमेत व्यवसायमा संलग्न भएका छन् । होटल, किराना पसल, कस्मेटिक, फलफूल, तरकारी, डेरी, फ्रेस हाउस, फेन्सीजस्ता पसलमा शुरुमा १५ जना दृष्टिविहीन र एक शारीरिक अपाङ्गता भएकासहित १६ जना व्यक्तिले व्यवसाय शुरु गरेका छन् ।

यसका लागि ढाकामोहन पराजुली र राजेश पराजुलीले रु तीन लाख बराबरको घर भाडा छुट, उद्यमी कृषि सहकारी संस्था लि, पञ्चासे हस्तकला उद्योग, लायन्स क्लब अफ गण्डकी, होटल दीपसागर, सपना आयुर्वेद अस्पताललगायतका संस्थाले सहयोग गरेका छन् ।

आफूलाई आवश्यक दैनिक उपभोग्य वस्तु खरिद गर्दा समाज सेवा पनि हुने भएकाले सम्पूर्ण जनसमुदायलाई उज्यालो बजारमा आई किनमेल गरिदिनुहुन उज्यालो प्रतिष्ठानले सबैसँग हार्दिक अपिल पनि गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।