१५ जेठ / अर्थ र व्यापार- दसौँ गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस मूल समारोह समिति पर्वतको व्यवस्थापन तथा पर्वत स्थित पाँचवटै लायन्स क्लबद्धारा आयोजित कार्यक्रममा कारागारामा रहेका अधिकांश कैदीबन्दीको आँखा तथा स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
आफना जीवन कारागारमा बिताइरहेका ८७ जनाको आँखा तथा स्वास्थ्य परीक्षण गरिनुका साथै सात जना महिला र ८० जना पुरुषको आँखालगायत अन्य स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लबका अध्यक्ष विषमकुमार श्रेष्ठले जानकारी दिए ।
परीक्षणका क्रममा मोतियाबिन्दुका बिरामी भने भेटिएका छैनन् तर उनीहरुलाई ११ वटा चस्मासमेत निःशुल्क वितरण भने गरिएको थियो ।
तपाईको प्रतिक्रिया