logo

चितवनमा ८३ जना एचआइभी संक्रमित भेटिए

    2141   पटक पढिएको


१५ मंसिर  / अर्थ र व्यापार - चितवन । सन् २०१७ को ११ महिनामा जिल्लामा १५ हजार ४५० जनाले एचआइभी परीक्षण गराएका छन् । परिक्षण गराएकामध्ये ८३ जनामा एचाआइभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१७ मा भरतपुर अस्पतालको एआरटी सेन्टरमा १४ हजार ३०० जनाले एचआइभी परीक्षण गराएका हुन् । समुदायमा गरिएका कार्यक्रममा एक हजार १५० जनाले एचआइभी परीक्षण गराएको उनले बताए । सन् २०१६ मा जिल्लामा १५ हजार २२८ जनाले एचआइभी परीक्षण गराएका थिए भने ६९ जनामा संक्रमण भेटिएको सापकोटाले बताए । 

भरतपुर अस्पतालका एआरटी सेन्टरका डा उन्नत श्रेष्ठका अनुसार एचआइभी भएको शंका लाग्ने बित्तिकै अस्पताल आउनेको संख्या बढेको छ । संक्रमित पनि खुलेर आउन थालेका छन् । अहिले भरतपुर अस्पतालमा एआरटी सेवा लिने संक्रमित ७६४ जना रहेका छन् । सो सेवा लिनेमा पुरुष ३३६, महिला ३६३ र ६५ बालबालिका रहेका छन् । 
एक सय ३५ जना नयाँ संक्रमितले औषधि सेवन गर्न थालेका छन् । भरतपुर अस्पतालमा सम्पर्कमा रहेकामध्ये पछिल्लो एक वर्षमा ११ पुरुष र छ महिलाको मृत्यु भएको छ । यसैबीच चितवनमा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराका साथ ३०औँ विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाइदै छ । भरतपुर अस्पताल, एएचएफ नेपालको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको सहयोगमा विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।