logo

हिमालयन शेर्पा फाउन्डेसनद्वारा दुई विदेशी नागरिक सम्मानित

    2096   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नेपालको सम्रग विकास पर्यटनबाट मात्रै सम्भव हुने बताएका छन् । उनले हिमालयन शेर्पा फाउन्डेसनले जस्तै अरु निजी क्षेत्रले काम गरे नेपालको विकास खोज्न धेरै समय नलाग्ने बताएका छन् । 

हिमालयन शेर्पा फाउन्डेसनद्वारा आयोजित समाजसेवी सम्मान कार्यक्रममा सचिव देवकोटाले नेपालको विकासको लागि अहोरात्र लागि परिरहने जर्मनी नागरिकद्वय डा.मेथियस वाउमन र फ्रेक स्टेवलरलाई अभिनन्दन गरेका थिए । अभिन्नदित वाउमन जर्मनका वरिष्ठ सर्जरी डाक्टर हुन् । उनले सगरमाथा आरोहण गरिसकेका छन् । यति मात्र नभई नेपालमा परेका विभिन्न विपद्मा पनि सधै सहयोग गर्ने गरेका छन ।

सन् २०१४ मा सगरमाथाको आधार शिविरमा हिमपहिरो आउँदो १६ जना भन्दा बढी आरोहीहरुको निधन हुँदा उनले त्यहाँ पुगी दुर्घटनामा परेका आरोहीहरुलाई बचाउने कार्य र मृतक आरोहीहरुको खोजी कार्यमा लागेका थिए । त्यसैगरी नेपालमा भूकम्प गएको खबर पाएपछि पुनः नेपालमा आइ भूकम्पपिडित, बिरामीहरुको सेवा गरेका थिए भने धेरै भत्केका भौतिक संरचनाहरुको तयारी कार्यमा पनि संलग्न भएका थिए ।

त्यस्तै कार्यक्रममा फ्रेक स्टेवलर लाई पनि सम्मान गरियो । उनले सन् २०१५,२०१६ तथा २०१८ गरी ३ पटक विश्व रेस्लिङ जितिसकेका छन् । उनले हिमालयन शेर्पा अस्पताल निर्माण कार्यमा आर्थिक संकलन गर्नका लागि नेपाल आएका थिए । विश्व विजेता हुने बेलामा समेत उनले नेपाल र हिमालयन शेर्पा अस्पताल निर्माणको कुरा राख्दै आर्थिक संकलन कार्यमा विशेष भूमिका निर्वाह गरेका छन् । 

हिमालयन शेर्पा फाउन्डेसनले निर्माण गरेको सो हिमालयन शेर्पा हस्पिटल खुम्बु पासाङ ल्हामू गाउँपालिका वडा नं ३ फाक्दिङ क्षेत्रमा पर्दछ । फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पालले सो अस्पताल निशुल्क सेवा दिने उद्देश्यले खोलिएको जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।