logo

बुटवलमा आयुर्वेद अस्पतालमा स्वस्थ्य जीवन कार्यक्रम

    1432   पटक पढिएको


     ४ पुस / अर्थ र व्यापार - लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु भएको छ । सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ । 
स्वस्थ्य जीवन कार्यक्रम शुभारम्भमा सहभागी रुपन्देही क्षेत्र नं २ प्रदेशसभा सदस्य लीला गिरीले अञ्चल आयुर्वेद अस्पताललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाउनुभयो । अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले यस क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा दिलाउन अस्पताल सक्रिय हुनुपर्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा रमेश केसीका अनुसार विशेष गरी नसर्ने रोगबाट बच्ने उपायका बारेमा जोड दिइनेछ ।

पतञ्जलि योग समिति लुम्बिनीका अध्यक्ष एवं स्वस्थ्य जीवन कार्यक्रमका संयोजक विष्णुहरि आचार्यले सो कार्यक्रमअन्तर्गत हरेक दिन बिहान ६ देखि ७ः३० बजेसम्म योग र स्वस्थ्य जीवनशैलीका बारेमा प्रशिक्षण दिइने जानकारी दिनुभयो । शुभारम्भ कार्यक्रममा सहभागीको रक्तचाप र मधुमेह परीक्षण गरिनाका साथै शिलाजीत खुवाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।