logo

बुटवलमा आयुर्वेद अस्पतालमा स्वस्थ्य जीवन कार्यक्रम

    2584   पटक पढिएको


     ४ पुस / अर्थ र व्यापार - लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु भएको छ । सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ । 
स्वस्थ्य जीवन कार्यक्रम शुभारम्भमा सहभागी रुपन्देही क्षेत्र नं २ प्रदेशसभा सदस्य लीला गिरीले अञ्चल आयुर्वेद अस्पताललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाउनुभयो । अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले यस क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा दिलाउन अस्पताल सक्रिय हुनुपर्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक एवं अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा रमेश केसीका अनुसार विशेष गरी नसर्ने रोगबाट बच्ने उपायका बारेमा जोड दिइनेछ ।

पतञ्जलि योग समिति लुम्बिनीका अध्यक्ष एवं स्वस्थ्य जीवन कार्यक्रमका संयोजक विष्णुहरि आचार्यले सो कार्यक्रमअन्तर्गत हरेक दिन बिहान ६ देखि ७ः३० बजेसम्म योग र स्वस्थ्य जीवनशैलीका बारेमा प्रशिक्षण दिइने जानकारी दिनुभयो । शुभारम्भ कार्यक्रममा सहभागीको रक्तचाप र मधुमेह परीक्षण गरिनाका साथै शिलाजीत खुवाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।