logo

अन्योलमा मलेसियाको रोजगारी 

    2140   पटक पढिएको

१८ मंसिर / अर्थ र व्यापार- सरकारले नयाँ श्रम समझदारी अनुरूप कामदार पठाउने कार्यमा गरेको ढिलाइ र रोजगारदाता मुलुकको पुरानै प्रक्रियाबाट अघि बढ्ने अडानका कारण मलेसियाको रोजगारी अझै अन्योलमा परेको छ । जसका कारण अहिले मलेसिया जाने तयारीमा रहेका कामदार मारमा परेका छन् । 

वैदेशिक रोजगारीका लागि मलेसिया जाने क्रममा नेपाली कामदारमाथि चरम आर्थिक शोषण भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत २ जेठमा नेपाली कामदार आपूर्ति कार्यमा प्रतिबन्ध लगाएका थिए । त्यसबेलादेखि बन्द रहेको मलेसियाको रोजगारी अझै खुलेको छैन । मलेसिया पठाउने क्रममा नेपाली कामदारबाट अनावश्यक शुल्क उठाइएको भन्दै बायोमेट्रिक, भीएलएन, माइग्राम्स, आईसी र जीएससी संस्था खारेजी गरेका थिए । तर, अहिले आएर ती संस्थालाई काम सुचारु गर्न मलेसियाको नेपालस्थित राजदूतावासले पत्राचार गरेको अवस्थामा खारेज गरिएका भनिएका संस्थाबाट कसरी काम सुचारु हुने हो ? त्यो भने हेर्न बाँकी रहेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ ।

उनीहरूले मलेसियन दूतावासको यस्तो पत्राचारपछि मलेसिया कामदार पठाउने कार्य थप अन्योलमा परेको बताए । मलेसिया जाने कामदारमाथि आर्थिक शोषण भएको भन्दै श्रममन्त्री विष्टले गत जेठमा विभिन्न पाँचवटा संस्थालाई खारेजी गर्दै कारबाहीको दायरामा ल्याएका थिए । करिब ६ महिनाभन्दा बढी बन्द भएको मलेसियाको रोजगारी खुलाउन मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरन नेपाल आएर समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीपत्रमा श्रममन्त्री विष्टले नै कारबाही गरेका ती संस्था जीवित रहने गरी नेपालले हस्ताक्षर गरेको छ ।

त्यो समझदारीपछि यहाँका वैदेशिक रोजगार व्यवसायीले सरकारले मेनपावर कम्पनीलाई कुनै सल्लाह नगरी नयाँ श्रम समझदारीमा नेपाली कामदारलाई नै ठगी गरेका संस्थालाई जीवित राखेको र आफूहरूले पाउने सेवा शुल्क पनि थोरै भएको दाबी गर्दै मलेसिया कामदार पठाउन नसकिने भन्दै विरोध गरिरहेको छ । यहाँका व्यवसायीको विरोधसँगै मलेसियाको मेनपावर कम्पनीले पनि सरकारीस्तर बाट पुग्ने नेपाली कामदार आपूर्ति गर्न नसक्ने बताउँदै आएकाले अझै नेपाली कामदार मेलेसिया पठाउने कार्य अन्योलमा परेको हो ।

नेपाल र मलेसियन सरकारबीच भएको यस नयाँ श्रम समझदारीपछि मलेसियाको सुरक्षागार्ड आपूर्ति गर्ने मेनपावर संस्थाको छाता संगठन पीपीकेकेएमका अध्यक्ष डाटुकसेरी मुस्तापा अलीले यस्तो विरोध जनाएका हुन् । उनले सरकारको यस्तो निणर्यले अब जीटुजीमार्फत नेपालबाट सुरक्षा गार्ड ल्याएर मलेसियामा आपूर्ति गर्ने कार्य व्यावहारिक नहुने बताएका छन् ।

सरकारले मलेसियासँग गरेको श्रम समझदारीपत्रलाई अहिलेसम्म गोप्य राखेको छ । सझदारीपछि गरिएको पत्रकार सम्मलेनमा पनि सो समझदारीका विषयमा स्पष्ट रूपमा उल्लेख गरेको थिएन । नयाँ श्रम समझदारीपछि पनि दुई देशका संयुक्त कार्यदलले थप अध्ययन गरी सहज रूपमा कामदार पठाउने भनिए पनि अझै सरकारी स्तरबाट छिटै कामदार पठाउने मात्र भनिएको छ । कार्यदलमा नेपालले राखेका विविध प्रस्तावलाई मलेसियाको मन्त्रिपरिषद् बैठकमा लैजाने र थप निर्णय गरिने उल्लेख छ । तर, अझै सरकारले कामदार पठाउने काम नथालेकाले अहिले मलेसिया जाने तयारीमा रहेका कामदारसमेत अलमलमा परेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

संघले विगत लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी तत्काल खुलाउन सरकारलाई आगामी बुधबारसम्मको अल्टिमेटम दिएको छ । गत २ जेठबाट रोकिएको मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया अझै खुल्न नसकेको र सरकारले मलेसिया सरकारसँग कामदार पठाउन गरेको नयाँ सम्झदारीमा हस्ताक्षर भएको करिब एक महिना बितिसक्दा पनि अझै कामदार पठाउने कार्य सुरु नभएको भन्दै संघले यस्तो अल्टिमेटम दिएको हो । संघका अध्यक्ष रोहन गुरुङ र महासचिव नरेश गेलालले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दुई मुलुकबीच भएको समझदारीअनुसार मन्त्रालयले अवरुद्ध श्रम स्वीकृति प्रतिबन्ध फुकुवा नगर्दा मलेसिया रोजगारीमा जाने कामदार, आमवैदेशिक रोजगार व्यवसायी र अन्य सम्बन्धित व्यक्तिहरूमा निराशा एवं अन्योलता उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

शून्य लागतमा नेपाली कामदार पठाउने गरी मलेसिया र नेपाल सरकारबीच गत १२ कात्तिकमा नयाँ श्रम सम्झौता भएको पनि गत १२ मंसिरमा एक महिना पूरा भएको छ । सो सम्झौतामा समेत आवश्यक संयन्त्र र प्रक्रिया स्पष्ट नहुँदा कामदार आपूर्ति सुचारु हुन नसकेको श्रम मन्त्रालयभित्रका केही कर्मचारीले बताएका छन् । 

त्यसैगरी, कलिङ भिसा प्राप्त भएका कामदारलाई आगामी बुधबारसम्म पनि श्रम स्वीकृतिका लागि खुला नगरे सम्पूर्ण व्यवसायीलाई भिसा स्ट्याम्पिङ प्रक्रिया र पूर्व तथा अन्तिम श्रम स्वीकृति विभागमा पेस गर्न आह्वान गरेको संघले जनाएको छ । यस नयाँ समाझदारीपत्रअनुसार अब वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदार पठाउने क्रममा लाग्ने भिसा शुल्क, आवतजावत हवाई टिकट, अन्य शुल्क, स्वाथ्य परीक्षण सुरक्षा जाँचलगायतका सबै खर्च मलेसियाको रोजगारदाता कम्पनीले नै बेहोर्ने छन् । यसअघि मलेसिया जाने नेपाली कामदारको करार अवधि तीन वर्षको रहेकामा अब दुई वर्षको मात्र हुनेछ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।