logo

इपिएस कोरिया शाखा द्वारा पुनः फारम भर्न पाउने व्यवस्था

    1582   पटक पढिएको


२८ कार्तिक / अर्थ र व्यापार - काठमाडौंँ । कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाउनुभएँको छ ? यदि काम विशेष या अन्य समस्यामा परेर उक्त फारम भर्न छुटाउनुभएको छ भने तपाईंलाई फेरि मौका दिइने भएको छ ।

रोजगारी आवेदन फारम भर्नका लागि कात्तिक १४ देखि २६ गतेसम्मको अवधि तोके पनि भाषा परीक्षा उत्तीर्ण साढे तीन सयभन्दा बढीले फारम नभरेकाले पुनः फारम भर्न पाइने व्यवस्था मिलाइएको हो । निकै मेहनतका साथ कोरिया भाषा परीक्षा उत्तीर्ण गरे पनि कतिपयले कारणवश रोजगारी आवेदन फारम भर्न छुटाएको आशंका गर्दै वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले त्यस्ता व्यक्तिका लागि पुनः फारम भर्न पाउने व्यवस्था मिलाएको छ ।
रोजगारी आवेदन फारम भर्नका लागि शाखाले कात्तिक १४ देखि २६ गतेसम्मको अवधि तोके पनि भाषा परीक्षा उत्तीर्ण गरेका साढे तीन सयभन्दा बढीले फारम नभरेको पाइएपछि शाखाले पुनः फारम भर्न पाइने व्यवस्था मिलाएको हो । कोरिया जानुअघि कामदारले अनिवार्य रूपमा रोजगारी आवेदन फारम भर्नुपर्छ । आवेदन फारम नभरेका कामदारलाई कोरियन रोजगारदाताले बोलाउँदैनन् । विगतका वर्ष तोकिएको अवधिसम्म मात्र रोजगारी आवेदन फारम भर्न पाउने सुविधा हुन्थ्यो ।
‘निकै मेहनतका साथ भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाएकालाई केही समयसम्म आवेदन फारम भर्न पाउने व्यवस्था मिलाएका छौं,’ इपिएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने, ‘भाषा परीक्षा उत्तीर्ण गरेका व्यक्ति कोरिया रोजगारीबाट वञ्चित नहून् भनेर यस्तो व्यवस्था गरेका हौं ।’
 

तोकिएको अवधिभित्र रोजगारी आवेदन फारम भर्न छुटाएकालाई शाखाले पुनः फारम भर्न दिने व्यवस्था मिलाए पनि कहिलेसम्म त्यस्तो सुविधा दिइने भन्नेबारे निर्णय नगरिएको उनले बताए । उनले भने, ‘तोकिएको अवधिभित्र फारम भर्न छुटाएकालाई जतिसक्दो चाँडो फारम भर्न आग्रह गरेका छौं । यस्तो सुविधा सम्भवतः ६ महिना जतिलाई दिन सकिएला ।’
भाषा परीक्षा उत्तीर्ण गरेका युवायुवतीले रोजगारी आवेदन फारम भरेपछि कोरियन रोजगारदाताले आफू अनुकूलका कामदारलाई बोलाउँछन् । शाखाले रोजगारी आवेदन फारम भरेका व्यक्तिको नाम कोरियाको मानव संशाधन विभागमा पठाएपछि बल्ल कामदारको नाम रोस्टर सूचीमा प्रकाशित हुन्छ  । भण्डारीले सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरी रोजगारी आवेदन फारम भरेकाको नाम कोरिया पठाउन दुई महिना जति लाग्ने बताए । ‘हरेक आवेदनकर्ताको तस्बिरसहित कामको सबै विवरण स्क्यान गरेर कोरिया पठाउनुपर्छ,’ उनले भने, ‘त्यसैले काममा केही ढिलाइ हुन्छ ।’
सन् २०१८ का लागि कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नेको संख्या भाषा परीक्षा सुरु भएयताकै दोस्रोपटक सबभन्दा बढी हो । सबभन्दा बढी सन् २०११ मा  १५ हजार ६ सय ७८ ले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । सन् २०१० को तुलनामा तीन गुणाभन्दा बढीलाई भाषा परीक्षा उत्तीर्ण गराएका कारण कोरियाले सन् २०१२ मा भाषा परीक्षा सञ्चालन गरेन । सन् २०१० मा चार हजार एक सय ८० ले भाषा परीक्षा उत्तीर्ण गरेका थिए ।

सन् २०१८ का लागि सुरुमा १० हजार पाँच सय कोटा तोकिएको घोषणा गरेको कोरियाले भाषा परीक्षामा भने १२ हजार एक सय आठ जनालाई उत्तीर्ण गराएको छ । गत असार २७ र २८ गते भएको भाषा परीक्षामा ६८ हजार तीन सय ८३ ले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धीको संख्या अहिलेसम्मकै सबभन्दा बढी हो । शाखाका अनुसार सन् २०१८ मा रोजगारीका लागि कोरिया जान सबैभन्दा बढी कृषि क्षेत्रमा सात हजार दुई सय ४२ युवाको आवेदन परेको छ । औद्योगिक क्षेत्रमा काम गर्नका लागि साढे चार हजारले आवेदन भरेको शाखाले जनाएको छ । महिनामा न्यूनतम एक लाख ४२ हजार रुपैयाँ पारिश्रमिकका अतिरिक्त ओभरटाइम पनि पाइन्छ । सबै जोड्दा महिनामा दुई लाख रुपैयाँ पारिश्रमिक पाइन्छ । तैपनि लागत खर्च कम भएका कारण त्यहाँको रोजगारीमा युवायुवती निकै आकर्षित छन् । भाषा परीक्षा उत्तीर्ण गर्नेले कोरिया जान एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्न नपर्ने भण्डारी बताउँछन् । आकर्षणको अर्को कारण कामदार त्यहाँ बस्न पाउने अवधि पनि हो । खाडी मुलुकमा दुई तथा मलेसिया जाने कामदारलाई तीन वर्षको श्रम स्वीकृति दिइने गरेकोमा कोरिया जानेलाई चार वर्ष १० महिनाको दिइन्छ ।
सन् २००८ यता ४९ हजार ६ सय ८४ जना रोजगारीका लागि कोरिया गएका छन् । यसमा महिलाको संख्या तीन हजार ५९ छ । कोरिया गएकामध्ये केही श्रम स्वीकृतिको अवधि गुजारेर घर फर्के पनि अझै करिब ३० हजार उतै रहेको बताइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।